गेलको अगाडि सबै फेल! आइपीएलमा यसपटक तोडिएला यो रेकर्ड?

गेलको अगाडि सबै फेल! आइपीएलमा यसपटक तोडिएला यो रेकर्ड?

काठमाडौं, चैत ९ । वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेलले २०१३ मा इन्डियन प्रिमियर लिग (आइपीएल)मा एक खेलमा सर्बाधिक रन बनाउने रेकर्ड बनाएका थिए । त्यसबेला उनले पूणे वारियर्स विरुद्धको खेलमा रोयल च्यानेजर्स ब्यङ्लोर (आरसीबी) का लागि ६६ बलमा १७५ रनको शानदार पारी खेले । यो रेकर्ड बनेको ५ वर्ष पुगिसकेको छ । तर, अहिलेसम्म पनि कुनै ब्याट्सम्यानले अहिलेसम्म यो रेकर्ड तोड्न सकेका छैनन् । के १२औं संस्करणको आइपीएलमा गेलको यो रेकर्ड तोडिएला? यो रेकर्ड तोड्न सक्ने ब्याट्सम्यानको चर्चा पनि फेरि हुन थालिको छ । गेलको उक्त रेकर्ड तोड्नसक्ने ५ खेलाडी यी हुन सक्छन्–

विराट कोहलीः आइपीएलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको प्रदर्शन हुने गर्छ । गत सिजनमा उनले उत्कृष्ट प्रदर्शन गरे । विराटले पूरा सिजन ४ अर्धशतकको मद्दतमा ५३० रन बनाए । यो वर्ष पनि उनी शानदार प्रदर्शन गरिरहेका छन् । विराटले यही लयलाई आइपीएलमा देखाउन सक्ने हो भने गेलको रेकर्ड तोडिन सक्छ ।

रोहित शर्माः भारतीय क्रिकेट टोलीका ओपनर रोहित पनि आइपीएलमा गेलले बनाएको रेकर्ड तोड्न सक्ने ब्याट्सम्यान हुन् । मुम्बई इन्डियन्स टोलीका कप्तानसमेत रहेका रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कयौं पटक ठूलो स्कोर बनाएका छन् । उनकै नेतृत्वमा आइपीएलमा मुम्बईले तीन पटक उपाधि पनि जितिसकेको छ । रोहित भारतीय क्रिकेट टोलीका एक यस्ता ब्याट्सम्यान हुन् जसले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ शतक प्रहार गरेका छन् । यसले पनि प्रमाणित गर्न सक्छ उनले गेलको रेकर्ड तोड्न सक्छन् ।

क्रिस लिनः अष्ट्रेलियाका स्टार ब्याट्सम्यान क्रिस लिन पनि आइपीएलमा गेलको रेकर्ड तोड्न सक्ने खेलाडीको सूचीमा छन् । आइपीएल २०१६ मा उनले गुजरात लायन्सविरुद्ध ४१ बलमा ९३ रन प्रहार गरेका थिए । आइपीएलमा उनको स्ट्राइक रेट करिब १५८ छ ।

महेन्द्रसिंह धोनीः चेन्नई सुपर किंग्सका कप्तान धोनीले गत सिजनमा शानदार प्रदर्शन गरेका थिए । साथै, उनको टोलीले नै ११औं संस्करणको आइपीएल उपाधि जितेको थियो । गत सिजनमा धोनीले १५० बढीको स्ट्राइक रेटका साथ रन बनाएका थिए । यदि उनले गेलको रेकर्ड तोड्ने हो भने ब्याटिङ पोजिसन परिर्वतन गरेर प्रदर्शन गर्नुपर्ने हुन्छ ।

ऋषभ पन्तः ऋषभले गत वर्षको आइपीएल सिजनमा शानदार प्रदर्शन रह्यो । उनले गत संस्करणमा एक शतक र पाँच अर्धशतक प्रहार गरेका थिए । आइपीएलमा ऋषभको उच्च स्कोर १२८ हो । आइपीएलमा उनको स्ट्राइक रेट १६२.७१ छ । यदि यो पटक पनि ऋषभ पन्तको प्रदर्शन शानदार रहने हो भने गेलको रेकर्ड तोडिन पनि सक्छ । ऋषभ दिल्ली क्यापिटल्सका विकेटकीपर एवं ब्याट्सम्यान हुन् ।

ट्वान्टी–२० शृंखला : अमेरिकाविरुद्ध नेपालको ‘क्लिन स्विप’

काठमाडौं । अमेरिकाविरुद्धको ट्वान्टी–२० शृंखलामा नेपालले ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको शृंखलाअन्तर्गत सोमबार भएको अन्तिम खेलमा घरेलु टिमलाई आठ विकेटले हराउँदै नेपालले शृंखलामा ३–० को जीत हासिल गरेको हो। आज भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा ओपनर आसिफ सेखले ५० रन बनाए । उनले ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कुशल मल्लले ३० बलमा चार चौका र एक छक्कासहित ४४ रन थपे । कुशल भुर्तेलले ४० रन जोड्दा अर्का ओपनर अनिल साहले १३ रन बनाए । अमेरिकाका जुनोय ड्राइसडेल र जसदीप सिंहले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो । अमेरिकाका ओपनर साइतेजा मुक्कमल्लले ६८ रन बनाएका थिए । मिलिन्ड कुमारले ४३ रन थप्दा आरोन जोनसले १३ र हर्मीत सिंहले १० रन बनाए ।  नेपालका सोमपाल कामीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिए । यस्तै, रिजन ढकाल र ललित राजवंशीले समान एक विकेट लिए । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिमलाई १७ रन र दोस्रो खेलमा सुपरओभरमा हराएको थियो ।

अमेरिकालाई सुपर ओभरमा जितेर नेपाल सिरिजमा नाम लेखाउन सफल

नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो । हारको संघारमा रहेर नेपाल यो खेलमा विजयी रहेको हो । अब सोमबार हुने अन्तिम खेल औपचारिक हुनेछ । डलासमा भएको खेलमा नेपालको जितका नायक सोमपाल कामी रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । उनले चार बलमा दुई विकेट लिए । अन्तिम दुई बलमा लगातार विकेट हात परेको थियो । त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिके । त्यसपछि सौरभ नेट्राभाल्करको बलमा नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले चार बलमा तीन रन बनाए । यसअघि जितका लागि १ सय ७१ रन पछ्याएको अमेरिकाले आठ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्यो र यस्तोमा खेल टाई भएको थियो । जसदीप सिंह अन्तिम बलमा रनटआउट भएपछि अमेरिका विजयी रन बटुल्न असफल रह्यो । अमेरिकालाई आन्द्रेस गुसले सर्वाधिक ६२ रन बनाए । उनले ४३ बलमा तीन चौका र चार छकका प्रहार गरे । अमेरिकालाई अन्तिम ओभरमा जित्नलाई सात रन चाहिएको थियो । अझ अन्तिम बलमा दुई रन चाहिने स्थिति बनेको थियो, तर त्यसलाई हात पार्न सकेन । अमेरिकाका लागि ओपनर साइतेजा मुखमलले ४१ बलमा ४७ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरे । नेपाली बलरमध्ये करण केसीले तीन र सोमपाल कामीले दुई विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । नेपालको इनिङ्स कुशल भुर्तेलमा टिकेको थियो र उनले नटआउट रहेर ५४ बलमा ९२ रन बनाए । त्यसमा सात चौका र छ छक्का सामेल थियो । नेपालको सुरुवात भने राम्रो रहेन र ११ रनको स्थितिमै ओपनर आसिफ सेखले विकेट गुमाए । उनले एक रन मात्र बनाए । अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गरे र त्यसमा दुई चौका र एक छक्का सामेल थियो । त्यसपछि गुल्सन झाले १२ बलमा १९ रन बनाए । उनको ब्याटबाट दुई चौका र एक छक्का निस्केको थियो । कप्तान रोहित पौडेलले भने १४ बलमा १८ रनको योगदान गरे । उनले दुई चौका प्रहार गरे । दीपेन्द्रसिंहले दुई रन मात्रै बनाए । अर्का नटआउट ब्याटर करण केसीले ६ रन बनाए । अमेरिकी बलरमध्ये नोसथुस केनजिगे र जसदीप सिंहले दुई/दुई विकेट लिए । नेपाल पहिलो ट्वान्टी-२० १७ रनले विजयी रहेको थियो ।

भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो ।  भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७  रन प्रहार गरिन् ।  जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो 

महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।  श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।  समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।  समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

लोकप्रिय