मंगोलियन भान्जालाई एभरेष्ट कपको उपाधि

मंगोलियन भान्जालाई एभरेष्ट कपको उपाधि

काठमाडौं, जेठ १ । सहारा यूकेको आयोजनामा शनिवार सम्पन्न एभरेष्ट कप फुटबल टुर्नामेन्टको उपाधि मंगोलियन भान्जाले आफ्नो पक्षमा पारेको छ ।

फेल्थाम कम्युनिटी कलेजमा भएको टुर्नामेन्टको फाइनलमा बिबिसी फुटवल कल्वलाई १ गोल अन्तरले पछाडि पार्दै सो उपाधि जितेको हो । सहारा यूकेले प्रत्येक वर्ष झैं यस वर्ष पनि सबै खेलमा म्यान अफ दि म्याचको ट्रफी वितरण गरेको थियो ।

प्रतियोगिताका विजेता मंगोलियन भान्जाले कप सहित १७ सय पाउण्ड हात परेको छ भने उपविजेता बिबिसीले ७ सय पाउण्ड र ट्रफी जितेको छ । खेलको म्यान आफ दी म्याच मंगोलियन भन्जाको किरण राई भए ।

प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए । खेलको कप स्पोन्सर गैरआवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्यले गरेका थिए । यस्तै प्रथम पुरस्कारको स्पोन्सर एभ्रेष्ट क्यास एण्ड करीले गरेको थियो भने दोश्रो पुरस्कार पिपल मर्गेजले गरेको थियो । खेलको संयोजन कुमार गुरुङ र खेलकुद सचिब मनोज गुरुङले गरेका थिए ।

नेपाली खेलाडीहरुको स्तरन्नोतिका लागि सन्डे लिग खेलाउंदै आएकोे सहारा यूकेले बिगत तिन वर्ष देखी एभ्रेष्ट कप खेलाउदै आएको छ । खेल हेर्न गैरआवासीय नेपाली संघका सल्लाहाकार डमर घले, एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङ, एनआरएन यूकेका संरक्षक सूर्य गुरुङ, तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ, व्यवसायी कुष्ण भट्ट, विराज भट्ट खेल मैदानमा उपस्थित थिए ।

खेलका अतिरिक्त सहारा यूकेले सहारा पोखराले सञ्चालन गरेको फुटबल एकेडेमीलाई समेत सहयोग गर्दै आएको छ । एकेडेमीमा आश्रित टुहुरा बालबालिका पढाउने, फुटबल अभ्यास गराउने, रंगशाला बनाउने, भवन र छात्रावास निर्माण कार्यमा सहारा यूकेले सहयोग गरेको थियो । भविष्यमा एकेडेमी सञ्चालनका लागि सहारा पोखराले २ करोडको अक्षय कोष स्थापना गर्ने अभियानमा सहारा यूकेले ३० लाख रुपैयां सञ्चालन गरिसकेको छ । सहारा यूकेले पोखरा बसाईका क्रममा सहारा पोखराको दोबिल्लामा अवस्थित फुटबल एकेडेमीको भ्रमण गरी विद्यार्थीहरुलाई लत्ता कपडा र खाद्यान्न वितरण गरेको थियो ।

त्यस्तै, खेल हेर्न उपस्थित एनआरएन यूकेको प्रतिनिधी र सहारा यूके बीच भएको फ्रेण्ली खेल सहारा यूकेले जित्यो । सहार यूकेले एनआरएन यूकेको टिमलाई १ का बिरुद्ध ३ गोलले पराजित गरेको थियो । एनआरएन यूकेको टिमको नेतृत्व एनआरएन यूके अध्यक्ष मुछेत्र गुरुङ र सहार यूकेको टिमको नेतृत्व अध्यक्ष मिन गुरुङले गरेका थिए ।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय