विश्वकप फुटबलः यी हुन् ट्राइबेकरमा चम्केका गोलकिपर

विश्वकप फुटबलः यी हुन् ट्राइबेकरमा चम्केका गोलकिपर

इगोर अकिन्फिभ, रुस

रसियामा जारी विश्वकप फुटबलमा भइरहेका रोचक तथ्य जान्न धेरैलाई चाँसो हुन सक्छ । आफ्नो टिमलाई जिताउन निकै संघर्ष गरेका खेलाडीका कथा पढ्दाको आनन्द बेग्लै हुन्छ । यो संस्करणको विश्वकमा पनि धेरै खेलाडीले निकै मिहिनेतकासाथ आफ्नो टिमलाई धेरै अगाडी पुर्याएका उदाहरण छन् । यी मध्ये आज गोल किपरको चर्चा गर्नेछौं ।

आयोजक रुस सन् २०१० को उपाधि विजेता स्पेनलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्दै अन्तिम आठमा पुगेको हो। टोलीको यो सफलतामा गोलरक्षक इगोर अकिन्फिभको योगदान निकै महत्वपूर्ण रह्यो। ९० मिनेट र त्यसपछि थप गरिएको ३० मिनेटको खेलमा समेत दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा रुसलाई जित दिलाउन उनै अकिन्फिभको प्रदर्शन निर्णायक बन्यो।

पेनाल्टी सुटआउटमा गोलरक्षक अकिन्फिभले स्पेनको दुई प्रहारलाई असफल बनाएका थिए। आफ्ना टोलीका चार खेलाडीले टाइब्रेकरमा गोल गर्दा अकिन्फिभले स्पेनको दुई प्रहार रोकिदिएपछि रुसले महत्वपूर्ण जित हात पारेको हो। घरेलु टोली सीएसकेए मस्कोबाट व्यावसायिक फुटबल खेल्दै आएका ३२ वर्षीय अकिन्फिभले अहिलेसम्म रुसी राष्ट्रिय टोलीबाट एक सय १० खेल खेलेका छन्। उनले समूहगत चरणको खेलमा पनि विपक्षीका केही गतिला प्रहारलाई विफल बनाएका थिए।

ड्यानिजेल सुबासिच, क्रोएसिया

जारी विश्वकपमा क्रोएसियाको कीर्तिमानी प्रदर्शनमा गोलरक्षक ड्यानियल सुबासिचको योगदान प्रशंसनीय छ। आफ्नो टोली क्रोएसियालाई क्वार्टरफाइनल चरणमा पुर्‍याउने क्रममा गरेको प्रदर्शनले गोलरक्षक सुबासिचलाई पनि ऐतिहासिक उपलब्धि दिलाएको छ।

खेलको निर्धारित र थप गरिएको समय १–१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो। टाइब्रेकरमा सुबासिचले विश्वकप इतिहासमै उत्कृष्ट प्रदर्शन गरेपछि क्रोएसिया प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भयो।

उनले डेनमार्कका अनुभवी खेलाडी क्रिस्टियन इरिक्सनसहित लस्से स्कोन र निकोलाई जोर्गेन्सनको प्रहारलाई असफल बनाएका थिए। त्यही प्रदर्शनपछि सुबासिच विश्वकप फुटबलको इतिहासमा प्रहार गरिएको टाइब्रेकरमा तीनवटा प्रहार रोक्ने दोस्रा खेलाडी बनेका छन्।

यसअघि यस्तो कीर्तिमान पोर्चुगलका पूर्वगोलरक्षक रिकार्डोको नाममा थियो। रिकार्डोले सन् २००६ मा भएको विश्वकपको क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध तीनवटा प्रहार असफल बनाएका थिए। त्यसको १२ वर्षपछि विश्वकपमा सुबासिचले रिकार्डोको कीर्तिमानसँग बराबरी गरेका हुन्। उनले जारी विश्वकपको समूहगत चरणका खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। -एजेन्सी

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय