सुन तस्करीमा संलग्न थप २ जना काभ्रेबाट पक्राउ

सुन तस्करीमा संलग्न थप २ जना काभ्रेबाट पक्राउ

काठमाडौं, पुस २७ । त्रिभुवन विमानस्थलमा सुन तस्करीको आरोपमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत साता करिब ३३ किलो सुन प्रहरीले पक्राउ गरेपछि अनुसन्धानका क्रममा थप दुई जना पक्राउ परेका हुन ।

मंगलबार राती काभ्रेको पनौतीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भरियामार्फत ल्याएको सुन बुझ्ने व्यक्ति हुन । सुन तस्करीको यो घटनामा संलग्न कसैलाई पनि नछाडिने प्रहरीले जनाएको छ ।

यद्यपी सुन तस्करीका मुख्य नाइकेहरु पनि अझै सार्वजनिक भएका छैनन् ।

आज सुनको मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार (वैशाख २०) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन एक तोला छापावाल सुन किन्न ग्राहकले दुई लाख ९५ हजार १०० रुपैयाँ खर्च गर्नुपर्नेछ । अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

पाथीभरामा दर्शनार्थीले चढाएका सुन प्रशोधन, ५० तोला प्राप्त

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन गरिएको छ ।  २६ महिनाको अवधिमा चढाइएका सुन तथा चाँदी प्रशोधन गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका  जिन्सी शाखा प्रमुख इन्द्र पौडेलले सुन र चाँदी प्रशोधन गरिएको बताए । २६ महिनाको अवधिमा संकलित ६७ तोला सुन र ४३ किलोग्राम प्रशोधन गरिएको उनको भनाइ छ । ६७ तोला सुन प्रशोधन गर्दा ५० तोला प्राप्त भएको उनले बताए । प्रशोधनबाट प्राप्त सुनचाँदी लिलामीका लागि नयाँ कार्यविधि तयार गर्न लागिएको छ ।

सुनको घट्दा चाँदीको भाउ बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार (चैत १०) पनि सुनको मूल्य प्रतितोला १६ रुपैयाँले घटेको छ । आजका लागि तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ । सोमबार (चैत ९) प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ ।  अघिल्लो दिन चार हजार ४२५ रुपैयाँमा किनबेच भएको चाँदी यस दिन प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार हुनेछ । 

एक सातामै सुनको मूल्य ३४ हजारले घट्यो

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । एक साताको अवधिमा सुनको भाउ कुल ३४ हजार रुपैयाँले घटेको छ । गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड रहेको छ । यसैबीच, सोमबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

लोकप्रिय