सुनको मूल्य पाँच वर्षयताकै उच्च
काठमाडौं, पुष २६ । नेपाली बजारमा सुनको मूल्य पाँच वर्षयताकै उच्च भएको छ । अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी मुद्रा डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानु लगायत कारणले सुनको मूल्य उच्च भएको हो ।
बिहीबार सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । एकै दिन तोलामा ६ सय रुपैयाँ वृद्धि भएर आज छापावाल सुनको मूल्य पाँच वर्षयताकै उच्च भएको हो ।
महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले तोलामा एकै दिन ६ सय बढेर ६० हजार ७ सय रुपैयाँ पुगेको बिहीबारको भाउ पाँच वर्षपछिकै सबैभन्दा उच्च भएको बताए । अमेरिकामा डोनाल्ड ट्रम्पको सरकार विवादमा फस्दै गएका कारण पनि सुनको भाउ उकालो लागेको उनको भनाइ छ ।
चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलाको ७ सय ६५ कायम भएको छ । हिजो बुधबार तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार ७ सय ५५ रहेको चाँदी सोमबार ७ सय ६० पुगेको थियो । गत आइतबार १० रुपैयाँले घटेर तोलाको ७ सय ५५ रुपैयाँ कायम भएको चाँदी त्यसअघि लगातार पाँच दिन तोलाको ७ सय ४५ रुपैयाँमा स्थिर रहेको थियो ।
आज सुनको मूल्य कति ?
काठमाडौं । नेपाली बजारमा आइतबार (वैशाख २०) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन एक तोला छापावाल सुन किन्न ग्राहकले दुई लाख ९५ हजार १०० रुपैयाँ खर्च गर्नुपर्नेछ । अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
पाथीभरामा दर्शनार्थीले चढाएका सुन प्रशोधन, ५० तोला प्राप्त
ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन गरिएको छ । २६ महिनाको अवधिमा चढाइएका सुन तथा चाँदी प्रशोधन गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलले सुन र चाँदी प्रशोधन गरिएको बताए । २६ महिनाको अवधिमा संकलित ६७ तोला सुन र ४३ किलोग्राम प्रशोधन गरिएको उनको भनाइ छ । ६७ तोला सुन प्रशोधन गर्दा ५० तोला प्राप्त भएको उनले बताए । प्रशोधनबाट प्राप्त सुनचाँदी लिलामीका लागि नयाँ कार्यविधि तयार गर्न लागिएको छ ।
सुनको घट्दा चाँदीको भाउ बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार (चैत १०) पनि सुनको मूल्य प्रतितोला १६ रुपैयाँले घटेको छ । आजका लागि तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ । सोमबार (चैत ९) प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ । अघिल्लो दिन चार हजार ४२५ रुपैयाँमा किनबेच भएको चाँदी यस दिन प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार हुनेछ ।
एक सातामै सुनको मूल्य ३४ हजारले घट्यो
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । एक साताको अवधिमा सुनको भाउ कुल ३४ हजार रुपैयाँले घटेको छ । गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड रहेको छ । यसैबीच, सोमबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

