अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको वैचारिक पक्ष

अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको वैचारिक पक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट आन्दोलनमा दशकौंदेखि भिन्न वैचारिक धारको नेतृत्व गरिरहेका दुई कम्युनिष्ट पार्टी एकीकरण भएपछि दोश्रोपटक बसेको स्थायी समितिको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनले अहिले चर्चा बटुलेको छ ।
कार्यकारी अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदनले वर्तमान राजनीतिक परिस्थिति, विश्व परिस्थिति, आम निर्वाचनको समिक्षा, संगठनात्मक समिक्षा तथा आगामी कार्यभारको संक्षिप्तमा चर्चा गरेको छ ।

जारी स्थायी समितिको बैठकमा यो प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।

प्रतिवेदनको वैचारिक पक्ष
प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनले सबै विषयबस्तुलाई संक्षिप्तमा समेटेको हुँदा यसले विषयबस्तुको बृहत सैद्धान्तिक व्याख्या नगरेपनि यसले पार्टीको भविष्य र पार्टीको कार्यदिशाको बारेमा मोटामोटी दृष्टिकोण सार्वजनिक गरेको छ । यसलाई यसरी लिन सकिन्छ ।

१. शान्ति र क्रान्तिको प्रश्न : नेकपा एमाले र नेकपा माओवादीबीच एकता हुने समयमा सबैभन्दा ठूलो संशय दुबै पार्टीको कार्यदिशा र विचारलाई लिएर देखिएको थियो । पार्टी एकतापछिको यो कालखण्डमा समेत पार्टीको राजनैतिक कार्यदिशा र विचारमा कैयन फरक मत देखा परे । कतिपय पूर्व एमाले समूहबाट पार्टीको विचारका हकमा फरक मत समेत सार्वजनिक भए ।
स्थायी समितिको बैठकमा प्रस्तुत प्रतिवेदनले ‘सशस्त्र क्रान्तिको युग’ सकिएकोतर्फ संकेत गर्दै शान्तिपूर्ण प्रतिष्पर्धामा संविधानसम्मत वैधानिक र लोकतान्त्रिक तरिकाले राष्ट्रियको पूँजिको विकास गर्ने कुरा स्पष्टरुपमा अगाडि सारेको छ । प्रतिवेदनमा भनिएको छ–

  • “लोकतान्त्रिक मूल्य, मान्यताका आधारमा शान्तिपूर्ण प्रतिश्पर्धा मार्फत लोकप्रिय मत प्राप्त गरी झण्डै दई तिहाईको नेतृत्व गर्ने स्तरमा कम्युनिष्ट पार्टीलाई पुर्याउन पार्टी एकताले निर्णायक भूमिका खेलेको ऐतिहासिक तथ्यलाई दह्रोसँग आत्मसाथ गर्दै सिंगो पार्टी पक्ति र जनसमुदायलाई यो तथ्यद्वारा निरन्तर प्रशिक्षित गरिरहनुपर्दछ। शान्तिपर्ण र बहदलीय प्रतिष्पर्धा मार्फत संविधान सम्मत वैधानिक र लोकतान्त्रिक तरिकाले सामाजिक न्याय सहित राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको आधार तयार पार्ने विषयमा रहेको आधारभत वैचारिक समानता एवम पार्टी नेतत्वको समचित निर्णय र भूमिका सहित यो ऐतिहासिक एकता सम्भव भएको हो ।”

यो प्रतिवेदनले यसअघि जारी भएको प्रतिवेदनलाई नै आधार मान्दै शान्तिपूर्ण प्रतिष्पर्धात्मक बहुदलीय व्यवस्थाको समर्थन गरेको छ । भविष्यमा यो शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा परम्परागत संसदीय व्यवस्था भन्दा के अर्थमा फरक हुन्छ र पार्टीले यही बहुदलीय प्रतिष्पर्धामार्फत समाजवादमा पुग्ने कार्यनीतिक चरणहरु कसरी अगाडि बढाउँछ भन्ने विषयमा बहस चल्न सक्छ । यो कुरा पार्टीको महाधिवेशनपूर्व तयार हुने दस्तावेजले स्पष्ट पार्ने छ । यसका साथै वर्गको अस्तित्व भएको समाजमा वर्ग संघर्ष र शान्तिपूर्ण तरिकारले राज्यसत्ता उपयोग गर्ने बीचको अन्र्तसम्बन्धलाई समेत भविष्यमा स्पष्ट गर्नुपर्ने आवश्यकता प्रतिवेदनले अघि सारेको छ ।

यसका साथै पार्टीले एकतापूर्वका दुबै समूहका विचारलाई समेत संश्लेषणमा जोड दिँदै भनेको छ–

  • पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जवसको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादको योगदान बारे राजनैतिक प्रतिवेदनमा गरिएको विश्लेषण र सश्लेषणलाई व्यवस्थित रुपले पार्टीमा स्थापित गरिन्पर्दछ । नयाँ राजनीति सन्दर्भमा विचारको विकास र परिमार्जनको लागि सिर्जनात्मक अध्ययनमा जो दिनुपर्दछ।

२. विश्व अन्तरविरोधबारे
प्रतिवेदनले एकाधिकार पूँजिवादसँग विश्वका जनताको अन्तरविरोध रहेको तथ्यलाई आत्मसात गरेको देखिन्छ । खासगरी वित्तिय एकाधिकारवादी पूँजिवादले तेश्रो विश्वमा शोषण बढाएकोले संसारभरीका मुक्ति आन्दोलनसँग ऐक्यबद्धता गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको देखिन्छ । प्रतिवेदनमा उल्लेख छ–

  • घटनाक्रमले आज पनि एकाधिकार पंजीवादको नव(औपनिवेशिक शोषण(उत्पीडनका विरुद्ध उत्पीडित राष्ट्रका जनताका राष्ट्रिय मुक्ति आन्दोलनका बीचको अन्तरबिरोध विश्वका प्रधान अन्तरविरोधका रुपमा प्रकट भइ नै रहेको छ । यति नै बेला चीन लगायतका देशहरूले भने अर्थतन्त्रको क्षेत्रमा ठूल्ठूला उपलब्धीहरू हासिल गरिरहेका छन् ।

यसै सन्दर्भममा प्रतिवेदनले चीनले अघि सारेको बिआरई परियोजनालाई एकाधिरका पूँजिवादविरुद्धको सचेत प्रयत्नका रुपमा चित्रण गरेको छ । त्यसो त बिआरई र समाजवादी आन्दोलनका बारेमा खासै बहस भएको छैन । तर केन्द्रीकृत एकल ध्रुवीय वित्तिय पूँजिवादका विरुद्ध बिआरई एउटा चुनौती बन्ने कुरालाई भने नकार्न सकिन्न । प्रतिवेदनले बिआरआईबारे संक्षिप्त चर्चा गर्दै यो परियोजना अमेरिकाको वित्तिय एकाधिकारका लागि चुनौती बन्न अघि सारिएको परियोजनका बारेमा उल्लेख गरेको छ । यसले अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक रणनीति र बिआरआईका बारेमा नेकपाका सदस्यहरुले निर्माण गर्नु पर्ने धारणाका बारेमा समेत संकेत गरेको छ । वर्तमान विश्वमा अमेरिकाले एकाधिकारवादी वित्तिय पूँजिवादलाई प्रश्रय दिएको सन्दर्भममा बिआरआई नेपालको समाजवादको यात्राका लागि सहयोगी बन्न सक्नेतर्फ संकेत गरेको छ ।

३. संगठनात्मक कार्यशैलीका बारेमाः

एकीकृत पार्टीमा पूर्ववत गुटहरुको अस्तित्व कायमै रहेको सन्दर्भममा जनवादी केन्द्रीयता छिन्नभिन्न भएको तर्फ प्रतिवेदनले विशेष संकेत गरेको छ । पार्टीभित्र अराजकतावादी प्रवृत्ति बढदै गएकोतर्फ चिन्ता गर्दै प्रतिवेदनले पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण आज पार्टी संगठन अन्यौलग्रस्त अवस्थाम रहेको उल्लेख गरेको छ ।

  • “पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुटहरू झाँगिदै जान थालेका छन् । पार्टी भित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेको छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ । अलोचना, आत्मआलोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ती गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजिव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन ।”

एउटा जीवित कम्युनिष्ट पार्टीभित्र फरक विचार, फरक शैली र फरक मत स्वभाविक हुने भएपनि त्यसलाई व्यवस्थित तवरले सञ्चालन गर्न नसक्दा अराजकतावादी प्रवृत्ति हावी हुने र बिरेधी तत्वहरुले फाइदा उठाउनेतर्फ प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ ।

यो नेकपाभित्र अहिलेको प्रमुख समस्या पनि हो । खासगरी पाटीृ एकताले तलसम्म पूर्णता नपाएको अवस्था र दुई पार्टीको पुरानो मनोविज्ञान कायम रेको अवस्थामा अनुशासनहीनताको यो अवस्थाले जनतामा पार्टीप्रति वितृष्णा बढने खतरा बढेको अवस्था विद्यमान छ ।

प्रतिवेदनमा अगाडि भनिएको छः

  • पाटीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहेको कुरा स्पष्ट गर्दै पार्टी संगठनलाई व्यवस्थित र अनुशासित तुल्याउन सदस्यता नविकरण गर्नु, कमिटिहरूको नियमित बैठक सञ्चालन गर्न, नियमित रिपोर्टिङ र निर्देशन प्रणाली लागू गर्नु, प्रत्येक कमिटिको कम्तिमा कार्यालय तहबाट आलोचना र आत्मालोचनाको प्रक्रिया सुरु गर्नु, निर्णय प्रक्रिया विधि संगत, सामुहिक र संस्थागत बनाउन विशेष जोड गर्न आवश्यक छ।

४.समाजवादोन्मुख कार्यक्रमका पक्षमा दृढता

प्रतिवेदनले बिस्तृत विवेचना नगरेपनि पार्टीले जनतासँग जोडिएका जनजीविकाका समस्या र समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि पहल गर्न विशेष जोड दिएको छ । प्रतिवेदनमा भनिएको छ–

  • सबै स्तरमा पार्टी र मोचाहरूलाई श्रम उत्पादन कार्य, र जन(सेवाका विविध कार्यक्रम बनाई निरन्तर क्रियाशील बनाउने करामा जोड दिने समाजवाद उन्मुख आर्थिक आधार तयार पार्न हाम्रो पार्टीले ठोस पहल लिन पर्दछ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा सामाजिक न्यायसहित आर्थिक विकासका साना(ठूला परियोजनाका सञ्जाल निर्माण गर्न पर्दछ । स्थानीय तहदेखि नै समाजवादको आधार तयार पार्ने करामा हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ ।

यसरी हेर्दा प्रतिवेदनले नेकपाभित्र वैचारिक बहसका लागि बाटो खुला गरेको छ । पार्टीभित्र विचार संश्लेषणको प्रक्रिया अझै गति नलिएको र एकता प्रक्रियाले पूर्णता अझै नपाएको अवस्थामा कार्यदिशा नै झल्किने गरी प्रतिवेदन सार्वजनिक हुने अवस्था देखिँदैन । यो अवस्थामा यो प्रतिवेदनले नेकपाले आगामी दिनमा लिनुपर्ने बाटो र संगठनात्मक कार्यशैलीमा गर्नुपर्ने सुधारका बारेमा मार्ग निर्देशन गरेको देखिन्छ ।

प्रतिवेदनको अन्तिम प्याराले समग्र प्रतिवेदनको सारलाई यसरी प्रस्तुत गरेको छ ः

  • “यतिबेला हामी इतिहासकै महत्वपूर्ण मोडमा उभिएका छौं । नेपाली जनताबाट हामीमाथि अपार विश्वास र भरोषाका साथ मुलुकको नेतृत्वको वैधानि अख्तियारी प्राप्त भएको छ । तुलनात्मक रुपमा प्रतिकुल अन्तराष्ट्रिय बीचमा नेपाली जनताले हामीलाई गरेको विश्वास प्रति हामी आभारी छौं र हामी गम्भीर पनि छौं । एक अर्थमा हामी इतिहास के सौभाग्यशाली पुस्ता हौ, जसलाई आफ्नै कार्यकालमा देशको मुहार बदल्ने र समृद्धिको नयाँ उचाईमा पुर्याउने अभूतपूर्व अवसर प्राप्त छ । तर यो हाम्रो अग्निपरिक्षा पनि हो। इतिहासले सुम्पेको यस विरल अवसर सदुपयोग गर्न र जिम्मेवारी वहन गर्न सफल नहुने हो भने हामी मात्रै असफल हुने छैनौं, यसले समग्र कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रलाई नै संकटमा पुर्याउने छ । निश्चय नै, युगौंदेखि एउटा मानसिकता, एउटा गति र संरचनामा अभ्यस्त राज्य संरचना एवम् पार्टी पंक्तिको रुपान्तरण सहज छैन, तर हामीले रुपान्तरण गर्ने पर्छ र सबैको साथ लिएर यो अभिभारा प्राप्त गर्नुपर्छ । हाम्रो एकतालाई सदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं ।”

खबरदारी सभापछि के भन्छन् माओवादी नेताहरु ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले गरिरहेको बेथिति र भ्रष्टाचारका विरुद्ध १० कार्तिकमा काठमाडौंमा खबरदारी सभा गरेको छ । सो सभाले माओवादी केन्द्रका नेताहरुलाई उत्साहित बनाएको छ ।  खबरदारी सभापछि अब माओवादी केन्द्रको आगामी कार्यक्रम के हुन्छन् भन्ने विषयमा विभिन्न नेताहरुको प्रतिक्रिया समेटेका छौं ।  शालिकराम जमरकट्टेल जनतामा आएको उत्साहलाई संगठनमा बदल्नु आजको प्रमुख काम हो । माओवादी पार्टीको मुख्य समस्या भनेको संगठनको काममा ध्यान नदिनु हो । व्यवस्थित र बलियो संगठित जनआधार नै आन्दोलन र चुनाब जित्ने मुख्य साधन हो । जिल्ला जिल्लामा कति जनता संगठित गर्ने हो, त्यसको निर्धाारण गरौं । आठौ महाधिवेशनले पास गरेको बिचार र कार्यदिशालाई लागु गर्दै संगठन, संगठन र फेरि पनि संगठन भन्ने कुरा लाई आत्मासाथ गरौं। सूर्य सुवेदी ‘पथिक आज चार दिनको छोटो तयारीमा बागमती प्रदेश समिति र उपत्यका मा कार्यरत दुईवटा गैर भौगोलिक प्रदेश समितिको संयुक्त आयोजनामा खबरदारी सभा सम्पन्न भयो। ओलीको संसद विघटन र प्रतिगमन का विरुद्ध भएको विशाल आन्दोलन पछाडि हाम्रो पार्टी व्यवस्थित रुपमा सडकमा आएको यो पहिलो पटक हो।  आज आयोजित यो कार्यक्रम र यसमा जनता र कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति र प्रदर्शनले थुप्रै सकारात्मक सन्देश दिएको छ।  पहिलो, जनता केपी ओलीको सरकारको जन र राष्ट्र विरोधी गतिविधिबाट आजित छन् भन्ने पुष्टि गरेको छ। पछिल्लो मिनबहादुर गुरुङ प्रकरणसम्म आइपुग्दा जनता यो सरकारलाई माओवादीले लगाएको भ्रष्टाचारको आरोपसँग पूरै सहमति भएको देखिएको छ।  दोस्रो, जनता नेकपा माओवादी केन्द्रलाई केही प्रश्न र आलोचनासहित पुनः एकपटक देशको नेतृत्व गरेको हेर्न चाहिरहेका छन्। बीचको अवधिमा जनता अलि बढी दिग्भ्रमित भएको देखिन्थ्यो। कांग्रेस, एमाले र माओवादीलाई उस्तै ठान्नेसम्मको स्थिति बनेको र अरु केही विकल्प हुन सक्छ कि भन्ने परीक्षण पनि गरेको देखिन्थ्यो। तर कांग्रेस एमालेको प्रतिगामी र प्रतिक्रियावादी रवैया र अन्य नयाँ भनिएका पार्टीहरूको पनि त्यति राम्रो छवि नबनेको स्थितिमा जनता माओवादीलाई सशर्त पुनः परीक्षण गर्ने मनस्थितिमा पुग्दै गएको देखिन्छ। तेस्रो, कमरेड प्रचण्डको नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा र एक हदसम्म समृद्धिको सन्दर्भमा सकारात्मक काम गरेको महसुस गरिरहेका छन्। यो विषय कमरेड प्रचण्डले सरकारको नेतृत्व गर्दा भन्दा अहिले ओलीको काम कारबाहीबाट आजित भएपछि यसको बुझाई झन् बढेको देखिन्छ।  तेस्रो, यसबीच नेकपा माओवादी केन्द्र पनि कांग्रेस र एमाले जस्तै संसदीय आहालमा चुर्लुम्म डुबेको र यसबाट निस्कनै नसक्ने हो कि भन्ने चिन्तासहित जनताको माओवादी केन्द्रप्रति अलि बढी खबरदारी थियो । सरकारको बहिर्गमनपश्चात् पार्टीले जनताको बीचमा यसबीच गरेका वाचा कबुल र आत्मालोचनाबाट एक हदसम्म जनता आश्वस्त बन्दै गएको आजको कार्यक्रमले देखाएको छ।  चौथो, जनता र कार्यकर्ताले आन्दोलनको आवश्यकता महसुस गरे भने छोटो तयारीमै यति धेरै जुट्न सक्दो रहेछ भन्ने देखाएको छ। अझ रोचक कुरा के छ भने ६२÷६३ पछाडि सबै यस स्तरका केन्द्रीकरणको पार्टीले नै लगानी गरेर जनतालाई केन्द्रीकरण गर्दै थियो। तर यसपटक पार्टीले मञ्च झण्डा र ब्यानर मात्र लगानी गर्यो र सबै नेता कार्यकर्ता र जनता स्वस्फूर्तरुपमा आफै खर्च गरेर यो स्तरको केन्द्रीकरणमा आइपुगे । यो एउटा ठूलो उपलब्धि हो।  पाँचौं, प्रमुख वक्ताको रुपमा कमरेड प्रचण्डले जे जसरी सम्बोधन गर्नुभयो, त्यसले पार्टी नेता कार्यकर्ता र आम जनतामा अत्यन्त उत्साह बढाएको छ। हामी कांग्रेस एमालेसँग अब गठबन्धन गर्दैनौं, एक्लै चुनाव लड्छौं र त्यो भन्दा पनि महत्वपूर्ण कुरा समाजवादको लागि अर्को एउटा क्रान्तिको नेतृत्व हाम्रो पार्टीले गर्ने, यसको लागि सबै देशभक्त प्रगतिशील र वामपन्थीहरूको एकतालाई अर्को स्तरमा उठाउने र यसको सुरुवात माओवादीका विभिन्न धाराहरूको बीच पार्टी एकताबाट प्रारम्भ गर्ने जुन उद्घोष गर्नुभयो, त्यो अत्यन्त सारगर्वित र अहिलेको क्रान्तिकारीहरूको पहिलो कार्यसूचीको काम हो।  छैटौं, देशलाई प्रतिगमन हुनबाटबाट रोक्दै अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको कृडास्थलबाट बचाउँदै समाजवादको आधार तयार पार्ने र क्रमशः देशलाई समाजवादमा पुर्याउन जनताको अर्को एउटा क्रान्ति को नेतृत्व गर्ने कुरा निकै नै चुनौतीपूर्ण छ। यसको लागि पार्टीले धेरै नै मेहनत गर्ने संकल्प चाहिएको छ। यसको लागि एउटा सही विचार कार्यदिशा नेतृत्वको अभूतपूर्व रूपान्तरण पार्टीभित्रको पूर्ण एकता र समाजवादका पक्षधरबीच बृहत एकता निर्माण गर्न आजको कार्यक्रमले नेतृत्वलाई आत्मविश्वास बढाएको छ।  सातौं, प्रतिक्रियावादीहरूले माओवादीलाई सिध्याउने यसबीचमा निकै धेरै कसरतहरु गरिए र गरिरहेका छन्। उनीहरुले माओवादी क्रमश कमजोर हुँदै गयो र यसलाई अझ बढी कमजोर बनाउन यस मा फुट पार्ने अनेकौं षड्यन्त्र र कोसिसहरु गरे आजको यो कार्यक्रम पश्चात उनीहरू अझ बढी यो प्रयत्न बढाउने नै छन्। पार्टीले आफ्नो सही विचार र श्रमजीवी जनताको बीच मजबुत एकता बनाएर प्रतिक्रियावादीहरूका षड्यन्त्रहरुलाई चक्नाचुर पार्नु अझ बढी मेहनत गर्नु पर्ने देखिन्छ। घनश्याम प्रसाद रजक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान परिस्थितिमा आम नेपाली जनतालाई पार्टीमा संगठित गर्न र पार्टीभित्र शुद्धीकरणको अभियान अघि बढाउन निम्न कामहरू गर्न सक्छः जनतालाई संगठित गर्नका लागि –आधारभूत आवश्यकता र सेवामा ध्यानः शिक्षा, स्वास्थ्य, र रोजगारमा आधारित ठोस कार्यक्रमहरू सञ्चालन गर्नु, जसले जनतालाई प्रत्यक्ष लाभ दिन्छ र पार्टीलाई जनप्रिय बनाउँछ। –सीप विकास र स्वावलम्बन कार्यक्रमः युवाहरूलाई सीप तालिम, लघु उद्यमका लागि सहयोग, र आर्थिक अवसर सिर्जनामा जोड दिनुपर्छ। यसले युवाहरूलाई संगठनमा सक्रियतापूर्वक सामेल हुन प्रेरित गर्दछ। –समाज सेवामा अग्रसरताः आपतकालीन सेवा, स्वास्थ्य शिविर, र अन्य राहत कार्यक्रम मार्फत पार्टीलाई समुदायसँग जोड्नु। –जनताको मुद्धामा प्रत्यक्ष सम्बोधनः स्थानीय समस्याहरू, जस्तै महंगी, भ्रष्टाचार, र सरकारी लापरवाहीमा पार्टीको सक्रिय भूमिकाले जनविश्वास बढाउँछ। आन्तरिक सुधार र शुद्धीकरणका लागि –नेतृत्वमा पारदर्शिता र अनुशासनः निर्णय प्रक्रियामा पारदर्शिता बढाउन नेतृत्वले उदाहरण प्रस्तुत गर्नु। आर्थिक लेनदेन, पदस्थापनामा नीतिगत सुधार र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनु। –पार्टी सदस्यहरूको समीक्षाः सदस्यहरूको योग्यता, अनुशासन, र समर्पणको आधारमा नियमित समीक्षा गरि पार्टीमा मात्र इमानदार र प्रतिबद्ध कार्यकर्ताहरूलाई अघि बढाउनु। –संगठनात्मक संवाद र लोकतान्त्रिक अभ्यासस् निर्णयमा कार्यकर्ताहरूको सहभागिता सुनिश्चित गर्दै पार्टीभित्र स्वस्थ संवाद कायम गर्नुपर्छ। संगठनात्मक पुनर्संरचना र नेतृत्व परिवर्तनलाई पार्टीभित्र स्वीकार्ने वातावरण बनाउनु। –नेतृत्व र कार्यकर्तामा राजनीतिक शुद्धतास् माओवादी आदर्श र सिद्धान्तलाई केन्द्रमा राख्दै, व्यक्तिगत स्वार्थबाट टाढा रहन, निष्ठा कायम राख्न, र जनताको सेवामा केन्द्रित रहन सबै स्तरका सदस्यलाई प्रेरित गर्नु आवश्यक छ।  यी उपायहरूले जनताको विश्वास जित्न, संगठन विस्तार गर्न, र पार्टीलाई आन्तरिक रूपमा सशक्त बनाउन मद्दत पुर्याउनेछ।  

सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताउनुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई सामान्य रुपमा लिए सरकारले नसोचेको मूल्य चुकाउने चेतावनी पनि दिनुभयो । आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उहाँले आफूलाई सच्याउन सरकारलाई आग्रह गर्नुभयो । ‘नत्र संसद र सडकमा तपाइहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महंगो पर्ने छ।’ यो देश कांग्रेस एमालेको विर्ता नभएको उल्लेख गर्दै उहाँले संख्याको प्राविधिक बलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गर्नुभयो । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन ?’– अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भन्नुभयो– ‘संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरुसँग जवाफ, धेरै अभद्र भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ ।’ सरकारले ७० नम्बर ल्याएको प्रचार गरेकोप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर ? मैले निरन्तर भन्दै आएको छु– संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास, आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो ।’ पहिले एक्लै पार्टीको दुई तिहाई भएको बेलामा संसद भंग गरेर प्रतिगमन गर्ने नेताले अहिले कांग्रेसको बैशाखी टेकेर दुई तिहाईको घमण्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उहाँको टिप्पणी थियो । अध्यक्ष ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गर्नुभयो । उहाँले नक्कली भूटानी शरणार्थी, बाँसबारी, गिरिबन्धु, बालमन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’ उहाँले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सैह्य नहुने बताउनुभयो । उहाँले सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनर्स्थापनामा लापर्वाही नगरोस् भनेर खबदारी गर्नुभयो । यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दानपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैले पुष्टि गरेको बताउनुभयो । आफूहरुले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उहाँले भन्नुभयो– ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उहाँले बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताउनुभयो । भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएको दिएकोमा कांग्रेस एमालेलाई धन्यवाद दिनुभयो । अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताउनुभयो । ‘माओवादीले थालेको सुशासनको रेडर्क कसैले मेटाउन सक्ने छैन’ अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेडर्क बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताउनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड भएको बताउनुभयो । अहिले देशका दलाल, भ्रष्ट र बिचौलियाहरुलाई माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्ड ठूलो त्रासको रुपमा देखिन थालेको र जनतालाई फेरि एकपटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको हक अधिकारका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौं’ अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताउनुभयो । उहाँले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताउनुभयो । उहाँले माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने बताउनुभयो । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिंदै साथ दिने छन् ।’ उहाँले अब आफूहरुले जनता छोराछोरीलाई बन्दुक होइन, उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बताउनुभयो । उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौं युवाहरुलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताउनुभयो । आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उहाँले बताउनुभयो । ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने हल्लाको खण्डन अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गर्नुभयो । उहाँले पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताउनुभयो । ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’ ‘सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?’ अध्यक्ष प्रचण्डले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरुलाई अनुसन्धानमा नल्याएकोमा बिरोध गर्नुयभो । उहाँले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरुलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचिमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्यसंयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस, निर्दोष कोही पनि नपरोस् ।’ कतिपयले आजको खबरदारी सभालाई रवि लामिछानेलाई बचाउने सभाको रुपमा गलत ब्याख्या गरेको उल्लेख गर्दै उहाँले दोषी सबै सजायको भागिदार हुनुपर्ने तर सरकारले सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारवाही गर्ने प्रवृत्तिको बिरोध गरेको बताउनुभयो ।

कांग्रेस-एमाले जस्ता भ्रष्ट दलहरुसँग सहकार्य गर्नु गल्ती थियो : अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभएको बताउनुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई बताउनुभएको हो । उहाँले सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनस्र्थापनामा लापर्वाही नगरोस् भनेर खबदारी गर्नुभयो । यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैले पुष्टि गरेको बताउनुभयो ।  आफूहरुले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उहाँले भन्नुभयो– ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उहाँले बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताउनुभयो । भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएको बताउनुभयो । अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताउनुभयो ।

प्रचण्डको प्रश्न– भूटानी शरणार्थी लगायतका काण्ड कहाँ पुग्यो ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गर्नुभएको छ। माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।  उहाँले नक्कली भूटानी शरणार्थी बाँसबारी, गिरिबन्धु, बालमन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’ आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उहाँले आफूलाई सच्याउन आग्रह गर्नुभयो । ‘नत्र संसद र सडकमा तपाइहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महंगो पर्ने छ।’ यो देश कांग्रेस एमालेको विर्ता नभएको उल्लेख गर्दै उहाँले संख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भनने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गर्नुभयो । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन रु’– अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भन्नुभयो– ‘संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरुसँग जवाफ, धेरै अभदै भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ ।’ सरकारले ७० नम्बर ल्याएकोमा प्रचार गरेकोप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर रु मैले निरन्तर भन्दै आएको छु– संसदको पहिलो।दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास। आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो ।’ पहिले एक्लै पार्टीको दुई तिहाई भएको बेलामा संसद भंग गरेर प्रतिगमन गर्ने नेताले अहिले दुई तिहाईको घडण्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उहाँको टिप्पणी थियो ।

लोकप्रिय