१२ वर्षपछि इंग्ल्याण्ड अन्तिम आठमा, ह्यारी केनको नयाँ रेकर्ड

१२ वर्षपछि इंग्ल्याण्ड अन्तिम आठमा, ह्यारी केनको नयाँ रेकर्ड

मस्को । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको प्री-क्वाटरफाइनलको अन्तिम खेल इंग्ल्याण्डले जितेको छ । उसले ट्राइबेकरमा कोलम्बियालाई पराजित गरेको हो । योसँगै क्वाटरफाइनलको समिकरण पूरा भएको छ । इंग्ल्याण्ड १२ वर्ष पश्चात अन्तिम आठमा पुग्न सफल भएको हो ।

कोलम्बियालाई ४-३ ले पराजित गरेको इंग्ल्याण्डले अन्तिम आठमा स्वीडेनको सामना गर्ने छ । इंग्ल्याण्डको जीतका लागि ह्यारी केन, मार्कोस ¥यासफर्ड, केइरन ट्रिपियर, इरिक डायरले गोल गरे । जोर्डन ह्यान्डर्सनको प्रहार भने कोलम्बियाका गोल रक्षकले रोकेका थिए ।

कोलम्बियाका राडामेल फल्कायो, जुवान क्वाड्राडो, लुइस मुरिलले गोल गरेपनि कार्लोस बाक्काको पेनाल्टी पोलमा लाग्यो भने मेट्युस युरिबको इंग्ल्याण्डका गोल रक्षकले रोकेका थिए ।त्यसअघि निर्धारित समयकै अतिरिक्त तेश्रो मिनेटमा कोलम्बियाका यारिमिनाले गोल गर्दै खेल बराबरी गरे ।

उनको गोलसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयमा खेलको नतिजा नआएपछि ३० मिनेट अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन सकेन । त्यसपछि खेल टाइब्रेकरमा पुगेको हो । खेलको ५७ औं मिनेटमा ह्यारी केनको गोलमा कोलम्बियाविरुद्ध इंग्ल्याण्डले अग्रता लिएको थियो ।

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत अहिले भैरहको प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा केनले पेनाल्टी मार्फत गोल गरेका हुन् । केनलाई कोलम्बियाका खेलाडीले डिबक्समा लडाएपछि इंग्ल्याण्डले ५७ औं मिनेटमा पेनाल्टी पायो । यो विश्वकपमा केनले सर्वाधिक ६ गोल गरेका छन् ।

मस्कोमा रहेको स्पार्टक रंगशालामा समूह एच को विजेता कोलम्बियाले समूह जी को उपविजेता इंग्ल्याण्डलाई अन्तत रोक्न सकेन । पहिलो खेलमा ट्युनिसियालाई २-१ तथा दोस्रो खेलमा पानामालाई ६-१ ले हराएको इंग्ल्याण्ड समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग १-० ले पराजित भएको थियो । -एजेन्सी

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय