१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
३० भदौ, २०७८
काठमाडौँ — १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएकाे छ । बुधबार गृह मन्त्रालयले १२ जनालाई जिल्लामा सरुवा गरेको र चार जनालाई मन्त्रालयमा तानेको छ । मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार घनश्याम उपाध्यायलाई ललितपुरको सीडीओ बनाएर पठाइएको छ । उनी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए । त्यस्तै, गुल्मीको सीडीओ रहेकी रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ । त्यस्तै, मन्त्रालयले पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । मोरङको प्रमुख जिल्ला अधिकारी रहेका कोषहरि निरौलालाई मन्त्रालय तानिएका छन् । यस्तै, दीपक पहाडीलाई रामेछाप र नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ । टेकनारायण पौडेललाई मन्त्रालय तानिएको छ भने टेकराज निरौलालाई दोलखा पठाइएको छ । दोलखाको प्रमुख जिल्ला अधिकारी रहेका बासुदेव घिमिरे मन्त्रालय तानिएका छन् । आसमान तामाङलाई चितवन पठाइएको छ । त्यस्तै, कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही सरुवा गएिको छ ।
जसपाका ८८७ स्थानीय जनप्रतिनिधिले रोजे लोजपा
२२ भदौ, २०७८
४३ जिल्लाका वडामा कांग्रेस अधिवेशन सकियाे
२१ भदौ, २०७८
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
२१ भदौ, २०७८
१,०८९ जनामा कोरोना संक्रमण, २० को मृत्यु
२० भदौ, २०७८

