पारसले भेटेपछि प्रधानमन्त्री देउवाले भने- जीन्दगीको दोश्रो इनिङ पनि सफलता मिलोस्
३० साउन, २०७८
काठमाडौं । नेपाली क्रिकेट टीमका प्रख्यात खेलाडी तथा पूर्व कप्तान पारस खडकाले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका छन् । पारसले हालैमात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्। भेटमा प्रधानमन्त्री देउवाले पारसलाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद दिएका छन्। देउवाले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भनेर पारसलाई शुभकामना समेत दिएका छन्।
प्रिमियर लिगमा ब्रेन्टफोर्डकाे धमाकेदार शुरुवात
३० साउन, २०७८
मूल्यवृद्धि दर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य
२९ साउन, २०७८
३९ सय १५ जनामा कोरोना संक्रमण, २७ को निधन
२९ साउन, २०७८
लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने
२८ साउन, २०७८

