एभरेष्ट दैनिक

पछिल्लो २४ घण्टामा २३ सय ९८ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६ सय ३९ र ३९ सय ५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।