कोरियामा जहाज दुर्घटना अपडेटः १७९ जनाको मृत्यु, दुई यात्रुमात्रै जीवित भेटिए
१४ पुष, २०८१
सियोल । दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ । जेजु एयरको बोइङ्ग ७३७-८०० विमान ल्यान्डिङ गियरमा समस्या हुँदा रनवेबाट चिप्लिएर बाहिर पुगेपछि पर्खालमा ठोक्किएको थियो । यस दुर्घटनामा अहिलेसम्म १७९ जनाले ज्यान गुमाइसकेका छन् । योनहाप न्यूज एजेन्सीले उद्धारकर्मीलाई उद्धृत गर्दै जनाएअनुसार अब जहाजमा सवार २ जना मात्रै जीवित भेटिएका छन् । अन्य सबै यात्री र चालक दलका सदस्यले ज्यान गुमाइसकेका छन् । राहत र उद्धारको काममा लागेकाहरूले जनाएअनुसार अहिलेसम्म १२० जनाको शव भेटिएको छ । न्यूज एजेन्सीका अुनसार यो दुर्घटना स्थानीय समयानुसार बिहान ९ बजेर ७ मिनेटमा भएको हक्सुको । जेजु एयरको उडान नम्बर २२१६ को जहाज देशको दक्षिण-पश्चिमस्थित मुआन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेको थियो । विमान बैंककबाट दक्षिण कोरिया फर्किएर अवतरणका क्रममा दुर्घटनामा परेको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोअनुसार जहाज रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि एकैचोटी आगोको मुस्लोमा परिणत भएको देखिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार जहाज चराहरूको झुन्डसँग ठोकिन पुगेको थियो । त्यसका कारण जहाजको ल्यान्डिङ गियरमा खराबी आएर दुर्घटना हुन पुग्यो । कोरिया हेराल्डले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार विमान दोस्रो पटक अवतरणको कोसिसमा लाग्दा दुर्घटनाग्रस्त भएको हो । एयरपोर्टको चक्कर लगाएपछि जहाजले ल्यान्डिङ्ग गियरलाई पूरै नझारी आपतकालीन अवतरणको कोसिस गरेको थियो । आपतकालीन अवतरणका क्रममा रनवेबाट चिप्लिएको जहाज भाँचिन पुग्यो । त्यसको केहीबेररमै विमानस्थल धुवाँको मुस्लोले भरियो । अहिलेसम्म चालक दलका एक सदस्य र एक यात्रीलाई मात्रै बचाउन सकिएको छ । बाँकी १७९ जनाको ज्यान गइसकेको छ । विमानमा १७५ यात्रु र चालक दलका ६ जना सदस्य थिए । यात्रुमा १७३ जना दक्षिण कोरियाली नागरिक थिए । अन्य दुईजनाको राहदानी थाई थियो । भिडियोमा देखिएअनुसार जहाज रनवेबाट बाहिर गएर परसम्म चिप्लिँदै एक तारजालीको पर्खालमा ठोकिएको थियो । पर्खालमा ठोकिएपछि जहाजमा ठूलो विस्फोटको आवाज आयो । जहाज ठोकिने बित्तिकै आगोको मुस्लोमा परिणत भएर नष्ट भएको छ।
आधा महिनामा पश्चिम नेपालमा सात वटा परकम्प
१३ पुष, २०८१
देशभर पश्चिमी वायुको प्रभाव, अधिकांश ठाउँमा हुस्सु
२५ मंसिर, २०८१
हुम्लामा हिमपात, जनजीवन प्रभावित
२४ मंसिर, २०८१
प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा
१४ मंसिर, २०८१
आज चुनाव प्रचारको अन्तिम दिन, रातिबाट मौन अवधि
१३ मंसिर, २०८१
डिग्रे मेलामा एक लाखले गरे दर्शन
१ मंसिर, २०८१
कोदोखेतीले धानेको खोरियागाउँ
३० कात्तिक, २०८१
माओवादीको उकालो यात्रा सुरु भएको छः प्रचण्ड
२८ कात्तिक, २०८१
कालीप्रसाद बासकोटा पोखरा र बुटवलमा गुञ्जने
२८ कात्तिक, २०८१
जुम्लाका ६० वडामा एकै दिन खबरदारी सभाको तयारी
२७ कात्तिक, २०८१
पूर्वमन्त्री दीपक मनाङे पक्राउ
२७ कात्तिक, २०८१
कला साहित्यले जनताको सेवा गर्नुपर्छः ज्ञवाली
२७ कात्तिक, २०८१