पूर्वमन्त्री दीपक मनाङे पक्राउ
२७ कात्तिक, २०८१
काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । मंगलबार बिहान उनलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापाका अनुसार उनलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो । ज्यान मार्ने उद्योगको कसुरमा गण्डकी प्रदेश सभा सदस्य मनाङे सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई ५ वर्ष कैद सजाय हुने फैसला भएको थियो । जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटनबाट दोषी ठहर उनी गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएका थिए । दुई ग्याङस्टारबीचको झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि गत मंगलबार न्यायालयले अन्तिम फैसला गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो । यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ ।
कला साहित्यले जनताको सेवा गर्नुपर्छः ज्ञवाली
२७ कात्तिक, २०८१
सामाजिक सञ्जाल वरदान कि अविशाप !
२७ कात्तिक, २०८१
हरिबोधिनी एकादशीको के छ महत्व ?
२७ कात्तिक, २०८१
यस्तो छ आजको मौसम पूर्वानुमान
२७ कात्तिक, २०८१
भैरहवाबाट अब हरेक दिन अन्तर्राष्ट्रिय उडान
२७ कात्तिक, २०८१
इजरायललाई युद्ध रोक्न आह्वान गर्दै काठमाडौंमा प्रदर्शन
२६ कात्तिक, २०८१
भैरहवामा चार कम्पनीले एकैसाथ थाले अन्तर्राष्ट्रिय उडान
२४ कात्तिक, २०८१
गाउँ नै दाइजो दिने मरिक समुदायको कथा
१९ कात्तिक, २०८१
दशक यताकै घातक विपत्तिको सामना गर्दै स्पेन, मृतक संख्या ९५
१५ कात्तिक, २०८१
काठमाडौंमा माओवादी केन्द्रको जुलुस (तस्विरहरु)
१० कात्तिक, २०८१