एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
३ फागुन, २०८०
काठमाडौं । नेकपा एमालेले फाल्गुन ८ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा राजनीतिक स्थिति समीक्षा गर्नुका साथै संगठनात्मक कामका बारेमा छलफल हुने महासचिव शंकर पोखरेलले जानकारी दिए । सचिवालय बैठकले केन्द्रीय कमिटीको एजेण्डा तयार गरेको उनले बताए । मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान लगायतका विषयमा पनि केन्द्रीय कमिटीमा छलफल हुने महासचिव पोखरेलले जानकारी दिए । बैठकले केही विभागहरूमा मनोनयन गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सम्पन्न
३ फागुन, २०८०
मलाई अझ राम्रो गरौं भन्ने हुटहुटी छ
१७ पुष, २०८०
एपिएफ पहिलोपटक आहा रारा गोल्डकप च्याम्पियन
१५ माघ, २०७८