दुई हजार किलो सुपारीसहित भारतीय गाडी बरामद
२० पुष, २०७४
कपिलबस्तु, पुस २० । कपिलबस्तुको नेपाल भारत सिर्सिहवा नाकाबाट प्रहरीले ठूलो परिणाममा सुपारी नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरले सिर्सिहवा नाकाबाट ३४ बोरा (दुई हजार ४० किलो) सुपारी बरामद गरेको छ। बुधबार बिहान करिब साढे २ बजे सो सुपारी बरामद गरेको कृष्णनगर प्रहरीले बिहीबार जानकारी दिएको छ। ठूलो परिमाणको सुपारीसहित युपी ५५ टी ०६३३ नम्बरको मालबाहक ट्रक बरामद गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक चन्द्रप्रसाद शर्माले बताए। तस्करले कृष्णनगर नगरपालिका– ४ डुमही नाकाबाट सुपारी भारततर्फ पठाइ सकेका थिए। भारतीय एसएसबीले पिछा गरेपछि सिर्सिहवा नाकाहुँदै नेपालतर्फ फर्काउने क्रममा सुपारी बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएको सुपारी र गाडी कृष्णनगर भन्सार चलान गरिएको प्रहरी नायव निरीक्षक शर्माले जानकारी दिए। केही महिना अघिसम्म रोकिएको सुपारी तस्करी जिल्लामा फेरि सुरु हुन थालेको छ। जिल्लाको कृष्णनगर क्षेत्रमा बढी सुपारी तस्करी हुँदै आएको छ । तस्करले सेटिङ नै मिलाएर कृष्णनगरदेखि पश्चिमका नाकाबाट तस्करी गर्ने गरेको स्रोतले बताएको छ। प्रहरीले कडाई गरेपछि केही महिनाअघिसम्म सुपारी तस्करी रोकिएको थियो। तर चुनावी माहोलको मौका छोपी तस्कर सक्रिय भएका हुन्।
चरेशसहित शिक्षक पक्राउ
२० पुष, २०७४
चिसोबाट जोगाउन उपमहानगरद्वारा दाउरा वितरण
२० पुष, २०७४
Was 2017 a bad year for capitalism?
२० पुष, २०७४
युवा–विद्यार्थीले गरे आयल निगम घेराउ
२० पुष, २०७४
जडीबुटी प्रशोधन उद्योगले गाउँमै रोजगारी
२० पुष, २०७४
एमाले सांसदलाई हृदयघात
२० पुष, २०७४
पाँच महिनामा १५ प्रतिशत बजेट खर्च
२० पुष, २०७४
रुदैं ककपिटबाट निस्किइन् को–पाइलट
२० पुष, २०७४