बालुवाटारमा सर्वदलीय बैठक सुरु
२० पुष, २०७४
काठमाडौं, पुस २० । बालुवाटारमा सर्वदलीय सूरु भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न संसद्मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाएका हुन् । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी छन् । बैठकमा प्रदेश प्रमूख नियुक्तिमा राजनीतिक सहमति जुटाउनेबारे छलफल हुँदैछ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पाैडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पाैडेल, विजय गच्छदार, सशाङ्क काेइराला, कृष्ण सिटौला, माअाेवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा “बादल”, संघीय फाेरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महताे लगायतका नेताहरु छन्। बैठकमा सहमति जुटेलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकैसाथ गर्ने तयारीमा देउवा सरकार रहेको छ । निर्वाचनलगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो । पछिल्लो समय बामगठबन्धनले प्रदेश प्रमुखमा काँग्रेससंगकाे नीतिमा केही लचकपन देखाएको छ । तर कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो । कानुनअनुसार निर्वाचन परिणाम क्रमशः प्रदेशको प्रदेश प्रमुख र प्रतिनिधिसभाको राष्ट्रपतिलाई बुझाउनुपर्छ । निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न ताकेता गर्दै आए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति खोज्न मंगलबारबाटै राजनीतिक परामर्श गरेका हुन् । अस्थायी प्रदेशको राजधानीको तयारीलाई लिएर प्रदेश नम्बर १, ५ र ७ मा असन्तुष्टि मच्चिएको छ । प्रदेश ७ र १ मा आमहड्ताल नै चलिरहेको छ ।
आहा ! कति रमाइलो इलाम (फाेटाेफिचर)
२० पुष, २०७४
सर्वदलीय बैठक सकाएर प्रचण्ड आज चितवन जाँदै
२० पुष, २०७४
विप्लवको दबाबमा भूकम्पपीडितको पैसा फिर्ता !
२० पुष, २०७४
चिसो लगातार बढ्दै, जनजीवन कष्टकर
२० पुष, २०७४
अमेरिका बसेर जाजरकोटमा जागिर खाने डाक्टर
२० पुष, २०७४
शपथ नभएपछि जिल्ला फर्कदै सांसद
२० पुष, २०७४
अमेरिका र नेपालबीच समान भिसा नीति
२० पुष, २०७४