जाम्बियाका सेनाप्रमुख नेपाल भ्रमणमा
१९ पुष, २०७४
काठमाडौं, पुस १९ ।अफ्रिकी मुलुक जाम्बियाका सेनाप्रमुख पल मिहोभा नेपालको साताव्यापी औपचारिक सद्भावना भ्रमणका सिलसिलामा आज साँझ राजधानी आइपुग्दै हुनुहुन्छ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री भीमसेनदास प्रधानसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । साथै उहाँले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उहाँले नेपाली सेनाको विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण गर्नुका साथै पोखरालगायत नेपालको केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाली सेनाको अधिकांश शान्ति सैनिक ‘मिशन’हरु अफ्रिकी महादेशमा नै रहेकाले अफ्रिकी महादेशकै राष्ट्र जाम्बियाको सेना प्रमुखको नेपाल भ्रमणबाट अफ्रिकी राष्ट्रहरुमा शान्ति स्थापना कार्यमा सहकार्य गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ । रासस
भण्डारीले सम्हाले प्रवक्ताको जिम्मेवारी
१९ पुष, २०७४
बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते
१९ पुष, २०७४
ओली–प्रचण्डबीच आज भेटबार्ता नहुने
१९ पुष, २०७४
राप्रपाले किन बोलायो आकस्मिक बैठक ?
१२ पुष, २०७४
बुद्धका शिक्षा उपयोगी
१२ पुष, २०७४
नारायणगढ मुग्लिन सडकखण्ड राती बन्द हुने
१२ पुष, २०७४
छोरीहरुलाई हौसला जगाउने अभियानमा रेखा थापा
१२ पुष, २०७४
पचास लाख विदेशी पर्यटक भित्र्याइने
१२ पुष, २०७४