एभरेष्ट दैनिक

प्रमुख दलले टिकट नदिएपछि पार्टी छोड्ने दलित नेताहरुको चेतावनी

काठमाडौं, कात्तिक १३ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दलित समुदायहरुलाई टिकट नदिएको भन्दै ठूला तीन दलका दलित नेताहरुले सामुहिक रुपमा पार्टी छोड्ने चेतावनी दिएका छन् । प्रमुख तीन पार्टीका दलित नेताहरुले आफूहरुलाई चाहिदा भाडो र नचाहिदा ठाँडो जस्तो व्यवहार गरेको आरोप लगाएका छन । उनहरुले आफूहरुलाई प्रयोग गर्ने वेलामा दलित समुदायलाई महान बनाउने र शासन सत्तामा पु¥याउने बेलामा दलित समुदायमाथि विभेदकारी नीति कायम रहेको भन्दै पार्टीभित्र अन्तिम संघर्ष गर्ने र भएन भने सामुहिक रुपमा पार्टी छोड्ने चेतावनी दिएका छन । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले एक जना र एमालेबाट एक जना दलित उम्मेदवार बनाएपछि दलित नेताहरु रुष्ट बनेका हुन । कांग्रेसबाट एकजना दलितलाई पनि टिकट दिइएको छैन । नेपाली कांग्रेसका एकका अनुसार हिजोदेखि प्रजातान्त्रिक आन्दोलनमा पार्टीमा सक्रियपूर्वक लाग्दा समेत टिकट नदिने, दलितहरुलाई भोट व्याङक मात्रै बनाउने चरित्रको पार्टीमा विकास भएको छ । यस्तो पार्टीहरुमा दलितहरु चुपचाप बसेर अब काम हुँदैन । अहिले टिकट वितरण पैसा कमाउने माध्यम बनेको उनीहरुको आरोप छ । बाम गठबन्धन भएसँगै केही दलित नेताहरुलाई आशा पलाएको थियो । सुरुमा स्थायी समितिका नेताहरुको नाम समेत चर्चामा थियो ,एमालेभित्र । तर नाम चलेका नेताहरुको त कुरै छोडौ,पार्टीमा सक्रिय र योगदान दिएका नेताहरुको नामसमेत उम्मेदवारमा नपरेपछि आफ्नै पार्टीलाई कतिपय नेताहरुले गाली गर्ने थालेका छन् । माओवादी केन्द्रले १६ प्रतिनिधिसभा र ३२ प्रदेश सभा सदस्यका लागि दलित समुदायबाट एक जना उम्मेदवार बनाएको छ । पार्टीभित्र सक्रिय र प्रत्यक्ष चुनावसमेत जित्ने सक्ने नेताहरु भएपनि पार्टीले दलित समुदायलाई उपेक्षा गरेको एक नेताले बताए । समावेशी र समानुपातिकको नाराका पक्षपाती माओवादी र एमालेले ले उम्मेदवार छनोटमा दलित समुदायलाई वेवास्ता गरेको दलित नेताको आरोप छ । देशमा गणतन्त्रको स्थापना भएर संविधानमा नै समावेशी सिद्धान्तलाई अंगीकार गरेको भए पनि देशका मुख्य पार्टीहरुले संवैधानिक व्यवस्थालाई समेत वेवास्ता गरेको उनीहरुको भनाइ छ । एमालेले ३२ वटा जिल्लाको उम्मेदवारको टुंगो लगाउँदा मुगु ९ख० बाट दानसिंह परियार मात्र उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले रुकुम पश्चिमबाट रातु कामीलाई उम्मेदवार बनाएको छ ।