एभरेष्ट दैनिक

एमालेसँग तालमेल मात्रै होइन : प्रचण्ड

चितवन, कात्तिक १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले भैरहेको बामपन्थी गठबन्धन केबल चुनाबका लागि मात्र भन्ने बुझ्न नहुने बताएका छन । अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन बामपन्थीहरूका बीच बृहद ध्रुबीकरण गरी नेपालमा एउटै कम्यूनिष्ट केन्द्र स्थापना गर्ने उद्देश्यका साथ अगाडि बढेको बताए । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल चितवन शाखाले संयूक्तरूपमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार भेटधाट कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो कुरा बताएका हुन । नेकपा माओवादी र एमालेका बीच पार्टी एकीकरण संयोजन समिति समेत निर्माण भर्इ काम अगाडि बढिरहेको अवस्थामा यसप्रति कोही कसैले शंका उपशंका गर्नु नहुने बताए । चितवन निर्वाचन क्षेत्र न ३ का उम्मेदवार समेत रहेका प्रचण्डले निर्वाचनमा आफ्नो विजयलाइै कुनै शक्तिले रोक्न नसक्ने बताए । आफू चितवनकै बासिन्दा भएको भन्दै चितवनको बिकास र संमृद्दीमा आफूले उल्लेख्य भूमिका खेलेको र निरन्तर खेलिरहने बताए । अध्यक्ष प्रचण्डले संविधानको कार्यान्वयन ,देशको आर्थिक, राजनीतिक र सामाजिक रूपान्तरणका लागि बाम गठबन्धनले निर्वाचन जित्नैपर्ने बताए । बाम गठबन्धनको उम्मेदवारहरूको टुंगो कहिले लाग्छ भन्ने पत्रकारहरूको जिज्ञासामा संघ र प्रदेशको उम्मेदवारको टुंगो मंगलबारसम्म लाग्ने बताए । बादरमुडे धटनाका बारेमा पत्रकारले सेधेका जिज्ञसाको जवाफ दिदै अध्यक्ष दाहालले बादरमुडे धटना एक दुखद धटना भयको र पार्टीको तर्फबाट पीडित र राष्ट्रसामु पटक पटक माफी मागिसकेको बताउदै माडीलार्इ पार्टीले विशेष महत्वकारूपमा लिएक बताए । निर्वाचन तोकियकै मितिमा सम्पन्न हुनुपर्ने बताउदै निर्वाचन आयोगले दुबै मतपत्र छपाउने निर्णय गरेसंगै निर्वाचन के होला भन्ने शंका निराहरण भएको उनले बताए । सरस्वती माध्यामिक विद्यमलय मेधौली जितपुरको स्वर्ण महोत्सबको अवसरमा आयोजित कार्यक्रमलार्इ स्बोधन गर्न अध्यक्ष प्रचण्ड चितवन आएका हुन ।