एभरेष्ट दैनिक

पाकिस्तानले दियाे नेपालका बाढीपीडितलाई १० लाख अमेरिकी डलर

काठमाडौं, असोज २९ । पाकिस्तानले नेपालका तराईका बाढी प्रभावितहरूको पुनःस्थापना र क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि १० लाख अमेरिकी डलर सहयोग घोषणा गरेको छ । राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको कुराकानीमा पाकिस्तानी प्रधानमन्त्री साहिद अब्बासीले बाढी प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका थिए । यसअघि पाकिस्तानी विदेशमन्त्रीले पनि बाढीबाट निधन भएकाहरूप्रति समवेदना व्यक्त गरेका थिए । काठमाडौंस्थित पाकिस्तानी दूतावासले विज्ञप्ति जारी गरी नेपाल र पाकिस्तानबीच सरकार तथा जनताबिच निकट सम्बन्ध रहेको उल्लेख गर्दै कठिन घडीमा दुवै देशबीच सधैं साथ र सहयोग रहने उल्लेख गरेको छ ।