एसियाली करातेमा एरिकालाई ऐतिहासिक रजत
६ असोज, २०८१
नेपालकी एरिका गुरुङ एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जित्न चुकेकी छिन्। चीनमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथिको स्वर्णको भिडन्तमा एरिका भियतनामकी नाओन थि नुयेनसँग पराजित भएकी हुन्। चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिका भियतनामकी खेलाडीविरुद्ध अंक जोड्न चुकिन्। यद्यपी एरिकाले शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी थिइन्। एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म पदकविहीन बनेको नेपालका लागि एरिकाले फाइनल प्रवेश गरेर पहिलो पकद जित्दै इतिहास रचेकी थिइन्। एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन्। क्वार्टरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी काजकिस्तानकी सोफिया बेरुल्टसेभा थिइन्। एरिका र सोफिबीचको खेल १–१ को बराबरीमा टुंगिएको थियो। …रेफ्रीÚ निर्णयका आधारमा एरिका विजयी भइन्। पहिलो अंक एरिकाले बटुलेकी थिइन्। सोफिया तीनै खेलाडी हुन जसले एरिकालाई १९ औं एसियाली खेलकुदको फाइनलमा ३–० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन्। १९ औं एसियाली खेलकुदको कराते पनि यही हल भएको थियो। सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउदै फाइनल यात्रा तय गरिन्। एरिकाको यो पाँचौ अन्तर्राष्ट्रिय सहभागिता हो। कुनैपनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन। एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत जितेकी थिइन्। यस्तै भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। यी सबै प्रतियोगिता करिब १ वर्षको अवधिमा भएका थिए। सबै प्रतियोगितामा उनको प्रशिक्षक कुशल श्रेष्ठ थिए।
इजरायलमाथि लेबनानबाट सय बढी रकेट प्रहार
६ असोज, २०८१
प्रधानमन्त्री ओलीको गुटेर्रेससँग भेट
६ असोज, २०८१
क्यानडासँग भिड्दै नेपाल
६ असोज, २०८१
यस्तो रहनेछ आजको मौसम
६ असोज, २०८१
चिया निर्यात ५२ प्रतिशतले बृद्धि
५ असोज, २०८१
जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा
५ असोज, २०८१
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
५ असोज, २०८१

