प्रेस सेन्टर राप्ती गाउँपालिका अध्यक्षमा कँवर
५ असोज, २०८१
दाङ । प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिकाे अध्यक्षमा तुलबहादुर कँवर मगर चयन हुनु भएको छ । प्रेस सेन्टर राप्ती गाउँपालिकाे प्रथम भेलाले कुँवरकाे अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे। जसकाे उपाध्यक्षमा छपिन्द्र बुढाथोकी, सचिव ईराधा झाँक्री मगर, सहसचिव सन्जुकुमारी चौधरी र काेषाध्यक्ष सुस्मिता परियार चयन हुनुभएको छ । संगठनकाे सदस्यहरुमा कृति कार्की, बिनाेदकुमार साेनी, बीनिता गाहा मगर, दिलबहादुर सिंजाली मगर, निश्चल सारु मगर, ईशा परियार, लक्ष्मी कामी र अन्जिता चौधरी चयन हुनुभएको छ ।सम्मेलनकाे उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले समाज रुपान्तरणका लागि पत्रकारिताकाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभयाे । कार्यक्रमको प्रमुख अतिथि समेत रहुनु भएका विष्टले प्रेस सेन्टरमा आबद्व हुने पत्रकारले सिमान्तकृत समुदायकाे पक्षमा समाचार लेख्नु पर्ने धारणा राख्नुभयाे । महान सहिद कृष्णसेन ईच्छुक जस्ता ब्यक्तिकाे बलिदानले मात्रै मुलुकमा गणतन्त्र स्थापित भएको बताउँदै त्यसकाे रक्षा गर्न अब पत्रकारले ध्यानदिनु पर्ने बताउनुभयाे । साे अवसरमा संगठनमा रहेर लामाे समयदेखि भुमिका खेल्ने पत्रकार तथा साहित्यकार धर्मराज शर्मा बैरागी र चन्द्र खनाललाई सम्मान गरिएको थियाे । सम्मानित हुने दुबैजनालाई प्रमुख अतिथी विष्टले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियाे । संगठनका उपाध्यक्ष छपिन्द्र बुढाथोकीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माओबादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष नारायण शर्मा , प्रेस सेन्टर दाङका संस्थापक पुरण शर्मा, प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिङ विक, सचिव दिवाकर पाेखरेल, जिल्ला सचिव जनक नेपाली, सहसिचव दिपक बाेहरा, दलित मुक्तिमोर्चा दाङका सल्लाहकार रणबहादुर पुजाली, अखिल क्रान्तिकारी विद्यार्थी संगठन राप्तीका अध्यक्ष मन्दिप पाेख्रेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियाे । भेला आयाेजक कमिटीका अध्यक्षता तुलबहादुर कँवर मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संञ्चालन ईराधा झाँक्री मगरले गर्नुभएको थियाे।
यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे
५ असोज, २०८१
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
४ असोज, २०८१

