क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्षमा मनसिंह शाही
३१ भदौ, २०८१
काठमाडौं। नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको कर्णाली प्रदेश समितिको दोस्रो सम्मेलनले सर्वसम्मत नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ । भाद्र ३० गते सुर्खेतमा उद्घाटन भई ३१ गते सम्पन्न बन्दसत्रले सर्वसम्मत रुपमा १३ पदाधिकारी सहित ७५ सदस्यीय प्रदेश समिति निर्माण गरेको हो । जसको अध्यक्षमा मनसिंह शाही चयन हुनुभएको छ । उपाध्यक्षहरुमा हिक्मत बहादुर शाही, हिक्मत शाही,धुर्व आचार्य शर्मा,अजय बिस्ट, टिकाराम बि.क, प्रकाश बि.क र मनिसा चन्द चयन हुनुभएको छ । त्यसैगरी कर्णाली प्रदेश क्रान्तिकारीको प्रमुख सचिवमा नारायण के.सी. चयन हुनुभएको छ । सचिवहरुमा बिष्णु भण्डारी, पदम शाही र शुक्राज रावल चयन हुनुभएको छ । साथै, सम्मेलनले कोषाध्यक्षमा भुवन गौतमलाई निर्वाचित गरेको छ भने जयकृष्ण जैसी र गणेश अधिकारी कार्यलय सदस्यको जिम्मेवारी दिएको छ ।
प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस
३१ भदौ, २०८१
कथाः भूतलाई हेर्ने आँखा
३१ भदौ, २०८१
बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिका
३१ भदौ, २०८१
सुनको मूल्यमा एक पछि अर्को रेकर्ड
३१ भदौ, २०८१
यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर
३१ भदौ, २०८१
आज संवैधानिक परिषद् बैठक बस्दै
३१ भदौ, २०८१

