एभरेष्ट दैनिक

त्रिशूलीमा खसेको ट्रक चालक सम्पर्कविहीन

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलताल (२५ किलो) भन्ने स्थानबाट त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् ।  ट्रकका चालक चालक यमबहादुर घलेको मोबाइल अफ रहेको छ । ना.६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुर आउँदै गरेको थाहा भएको छ । ट्रकमा २२ सय २५ काटुर्न तेल लोड गरिएको बताइएको छ ।