स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक
२ असोज, २०८१
काठमाडौं । आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो । आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।
दुर्गा प्रसाई विरुद्ध पक्राउ पूर्जी जारी
२ असोज, २०८१
पूर्वमन्त्री शर्मालाई पितृशोक
२ असोज, २०८१
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु
२ असोज, २०८१
राजेन्द्र महतोको नयाँ पार्टी घोषणा
१ असोज, २०८१
रुकुमपश्चिममा एक मृत फेला
१ असोज, २०८१
बालेन समर्थकलाई धमाधम पक्राउ गर्दै प्रहरी
१ असोज, २०८१
मधेशका महिलाको राजनीतिक आकर्षण (फोटो फिचर)
१ असोज, २०८१
आतिशी बन्ने भइन् दिल्लीमा मुख्यमन्त्री
१ असोज, २०८१
ओखलढुंगाका कार्की माओवादी केन्द्र प्रवेश
१ असोज, २०८१

