एभरेष्ट दैनिक

जलेका गाईको विमा कम्पनीले दियो बाबुरामलाई ५९ लाख रूपैयाँ

काठमाडौं, असार २० । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले बाबुराम कार्कीलाई जलेका गाईको बिमा वापतको करिब ५९ लाख रुपैयाँ दिएको छ । गएको जेठ २७ गते राजधानीको गोकर्णेश्वरमा रहेको ओम कृषि फर्ममा आगलागी हुँदा जलेर मरेका ५९ वटा गाईको विमाबापतको रकम कम्पनीले कार्कीलाई बिहीबार हस्तान्तरण गरेको हो। कम्पनीका तर्फबाट कायमुकायम नायब महाप्रबन्धक जीवनकुमार उप्रेतीले कम्पनीका तर्पmबाट कार्कीलाई ५८ लाख ९५ हजारको चेक क्षतिपूर्ति बापत हस्तान्तरण गरेका हुन । विमितको तर्फबाट कार्कीले बिमा बापतको क्षतिपूर्ति रकम सहज र सरल प्रकृयाबाट पाएकोमा बिमक कम्पनीलाई धन्यवाद दिएका थिए ।