सचिवहरुको विदेश सयर अाैधी ! खर्च बढी, उपलब्धि शून्य
२९ असार, २०७४
काठमाडौं, असार २९ । पछिल्लो दुई महिनामा उच्च तहका सरकारी कर्मचारी सहभागी भएका विदेशका कार्यक्रममा राज्यको धेरै रकम खर्च भए पनि उपलब्धि भने ज्यादै न्यून रहेको पाइएको छ । अध्ययन भ्रमण, अवलोकन भ्रमण, अनुभव आदानप्रदान जस्ता विषयमा राज्य ढुकुटीबाट मोटो रकम खर्च गरेर सरकारका सचिवहरु संसारका िवभिन्न देशमा पुग्ने गरेका छन् । तर, उनीहरुको भ्रमण उपलब्धिमूलक हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत यसतो भ्रमण अझै केही साता हुनेछ । सरकारका एक सचिव मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल डेनमार्क र अमेरिका पुगेको, नागरिक दैनिकमा खबर छ । पछिल्लो दुई महिनामा एक हजार चार सय ४२ कर्मचारी करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमणमा गएका छन् । मुलुक स्थानीय तहको चुनावमा होमिएको र आर्थिक वर्ष सकिनै लागेका बेला निजामति कर्मचारीको ठूलो समूह विदेश भ्रमणमा गएको हो ।
मेयर दिलबहादुर ऐर कुर्सीका कारण चर्चामा
२९ असार, २०७४
आफ्नैको निशानामा देउवा, कार्यकर्ता रुष्ट ?
२९ असार, २०७४
१ हजार २५९ सांसद बनाउने तयारी !
२९ असार, २०७४
आँखाको उमेर कति वर्ष ?
२८ असार, २०७४
यु–२३ नेपाली फुटबल टोलीको बिदाइ
२८ असार, २०७४
कतारमा दूध आपूर्तिका लागि विमानबाट गाई
२८ असार, २०७४
५० लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ
२८ असार, २०७४
अमेरिकन पेस्तोल र लागूऔषधसहित दुईजना पक्राउ
२८ असार, २०७४
प्रश्नपत्र बिना नै स्नातकको परीक्षा
२८ असार, २०७४