एभरेष्ट दैनिक

संशोधन प्रस्ताव पारित हुने अवस्था आए सदन अवरुद्ध गछौं : एमाले

काठमाडौं, असार २८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले सदनमा विचाराधिन संविधान संशोधन प्रस्तावलाई कुनैपनि हालतमा पारित हुन नदिने बताएका छन् । राजधानीमा बुधबार आयोजित साक्षात्कार बोल्दै सचिव आचार्यले भने, ‘संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुग्दैन, यदि पुग्ने अवस्था आयो भने हामी संसद अबरुद्ध गछौं ।’ उनले संसदमा विचाराधिन संशोधन प्रस्ताव कसैको हितमा नभएको दावी गरे । संशोधनको पक्षमा दुई तिहाई पुग्ने अवस्था आएरप्रस्तावलाई निर्णयार्थ पेश गर्ने अवस्था आए आफूहरुले त्यही अनुसारको कदम चाल्ने बताए । सत्तापक्षले संशोधन गर्नुपर्छ भनेर निर्वाचनको लागि तुरुपका रुपमा प्रयोग गरिरहेको उनको आरोप छ ।