एभरेष्ट दैनिक

यूएन एसडीजीको लक्ष्यसहित यती एयरलाइन्सद्वारा नयाँ बोर्डिङ पास सार्वजनिक

काठमाडौं, असार २९ । नेपालमा दिगो विकास लक्ष्य (एसडिजि) का बारेमा सर्वसाधारण माझ जनचेतना जगाउने सोचका साथ नेपाल स्थित यूनाइटेड नेसन्ससँगको सहकार्यमा यती एयरलाइन्सले नेपालस्थित संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा एसडिजी लोगो अंकित नयाँ बोर्डिङ पास सार्वजनिक गरेको छ । ११ जुलाईनमा एसडीजीको ब्राण्डिङ  सहित सार्वजनिक गरिएको नयाँ बोर्डिङ पासमा  एसडिजिका दिगो विकास लक्ष्य अन्तर्गतका १७ बुँदाहरुलाई मा विशेष जोड दिइएको छ । नेपालमा दिगो विकास लक्ष्यका बारेमा सर्वसाधारण माझ जन चेतना जगाउने सोचका साथ यो प्रयास गरिएको जानकारी दिइएको  छ । सन् २०१५मा नेपाल लगायत यूएन सदस्य राज्यद्वारा अंगीकरण गरिएको एसडीजी सन् २०३० सम्ममा सबै प्रकारका संसार भरका जनता, गृहमा गरिबवीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान न्यायपूर्ण र सुरक्ष्ति विश्व निर्माण गर्ने परिकल्पना हो । निवारण गरी समानता सहितको सुरक्षित समृद्ध विश्व निर्माणका लागि विश्वस्तरिय प्रतिबद्धता हो । एसडीजी ले आफ्ना उपलब्धीका लागि निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिइएको छ र अभिन्न सहकारीका रुपमा लिएको छ । एसडीजीको तिब्र र सफल कार्यान्वयनका न्वोयनका लागि निजि क्षेत्रसंग क्षमता, श्रोत, प्रविधि र नवप्रबर्तन छ । मे महिनामा यूएन नेपाल र यती एयरलाइन्सले नेपालमा एसडीजीको प्रचार र उपलब्धीका लागि सहकार्यको सहमति गरेको थियो । यस सहकार्य अन्तर्गत एसडीजी सम्बन्धि जनचेतना जगाउनुका साथै दुवै संस्थाले उडान तथा पर्यावरण क्षेत्रमा पर्यावरण सन्तुलनका क्षेत्र, गरिबी निवारण र लैंगिक समानताका लागि नव प्रबर्तनात्मक तथा दिगो विजनेश मोडल अपनाउन समेत सहकार्य गर्नेछन् ।