एभरेष्ट दैनिक

सप्तरीमा प्रधानमन्त्री

राजविराज, असार २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सप्तरी पुगेका छन् । प्रधानमन्त्री देउवाले एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग प्रत्यक्ष भेटघाट पनि गरेका छन् । सप्तरीको तिरौता गाउँपालिकाअन्तर्गत मैना करेडोलगायतका ग्रामीण क्षेत्रमा महुली खोलाले गरेको कटान र डुबानका बारेमा जानकारी लिँदै बाढीपीडितलाई राहत दिने कुरा गरेका छन् । एक हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएका बाढीले त्यहाँको बाँध भत्काउनाका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेको थियो । प्रधानमन्त्री देउवासँगै गृहमन्त्री जनार्दन शर्मा पनि हुनुहुन्थ्यो ।