अपहरणमा परेका नेपाली काँग्रेसका उम्मेदवार पुन सकुशल रिहा
१९ बैशाख, २०७४
म्याग्दी, वैशाख १९ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उम्मेदवार राति सकुशल रिहाइ भएका छन् । भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापतिसमेत रहनुभएका जसबहादुर पुनलाई अज्ञात व्यक्तिले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए । चारवटै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर खोजी सुरु गरेपछि अपहरणकारीले बरञ्जामा पुनलाई छोडेर भागेपछि राति १० बजे सकुशल बेनी ल्याइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो । “शङ्कास्पद ठाउँका चारवटै नाकामा सुरक्षाकर्मी परिचालन गरेपछि छोडेर गएका थिए”, प्रजिअ पौडेलले भन्नुभयो, “संलग्न व्यक्तिको खोजी जारी छ ।” नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै चुनाव प्रभावित गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नबाट वञ्चित गराउने नियतले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको जनाउनुभएको थियो । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पुनलाई वडाध्यक्षको उम्मेदवार चयन गरेको थियो । चढेर आएको गाडी बिग्रिएपछि हिँडेर बेनी आउँदै गर्दा पुन अपहरणमा पर्नुभएको थियो ।
अधिकृतलाई उपचारका लागि काठमाडौँ पठाइयो
१९ बैशाख, २०७४
ओकेबाजेद्वारा विद्यालय पोसाक वितरण
१९ बैशाख, २०७४
महानगर प्रमुखमा ज्ञवाली एमाले उम्मेदवार
१९ बैशाख, २०७४
प्रदेश नं ७ मा निर्वाचन पछि सारेपछि मतदाता निराश
१९ बैशाख, २०७४
चाँगुमा ब्याडमिन्टन कोर्ट बन्ने
१९ बैशाख, २०७४
पन्ध्र थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ
१९ बैशाख, २०७४
झापाका २८सामुदायिक विद्यालयमा प्रयोगशाला
१९ बैशाख, २०७४
यार्सागुम्बा व्यवस्थापन गर्न निर्देशिका जारी
१९ बैशाख, २०७४
आगामी अावको बजेट निर्माण अन्योल
१९ बैशाख, २०७४
रूखले छेक्यो पेट्रोल पाइपलाइन
१९ बैशाख, २०७४
राजपाको सरकारलाई फेरि समर्थन
१९ बैशाख, २०७४
गच्छदारकाे चेतावनी सरकारबाट बाहिरिन सक्छौँ
१९ बैशाख, २०७४
विद्युत खरिद सम्झौता (पीपीए) छुट्टै गर्ने निर्णय
१९ बैशाख, २०७४