एभरेष्ट दैनिक

कि तानाशाह जन्मिन्छ कि जनविद्रोह हुन्छ: ओली

काठमाडौं, असार ३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै अवस्था रहिरहेका जनविद्रोह हुने चेतावनी दिएका छन् । प्रगतिशील ब्यवसायिक वकिल एशोशिएसन (पीपीएलए) ले राजधानीमा गरेको भेटघाट तथा छलफल कार्यक्रममा ओलीले सरकार तानाशाही ढंगले अघि बढ्दै गएमा जनविद्रोह हुने चेतावनी दिए पनि जनविद्रोहको नेतृत्व कसले गर्छ भन्ने खुलाएनन् । ‘सरकार तानाशाही ढंगले चलिरहेको छ’, ओलीले भने, ‘कि तानाशाह जन्मिन्छ कि जनविद्रोह हुन्छ ।’ राज्यका निकायलाई कमजोर बनाएर सरकार तानाशाहीकरणतर्फ गइरहेको ओलीको आरोप थियो ।