एभरेष्ट दैनिक

कैलाली ७ नम्बर प्रदेशमा म्यादी प्रहरीका लागि १९ हजार बढीको आवेदन

लोकेश धामी कैलाली, चैत १९ । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनको लागि आव्हान गरेको म्यादी प्रहरीको लागि सात नम्बर प्रदेशका लागि ६ हजार ९ सय १० जनाको माग गरिएकोमा १९ हजार २ सय ५८ जनाको आवेदन परेको छ । आवेदन दिनेहरुमा पुरुष १७ हजार २ सय ५ र महिला २ हजार ५३ जना रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय दिपायलले जनाएको छ । नेपाल प्रहरीले स्थानीय तहको चुनावको सुरक्षाका लागि कैलालीमा १ हजार ५ सय ३५ म्यादी प्रहरीको माग गरेको थियो । जसमा ५ हजार २ सय ४९ पुरुष, ८ सय ७१ महिला गरि कुल ६ हजार १ सय २० जनाको आवेदन परेको छ । त्यस्तै बझाङ्गमा ५ सय ७७ जनाको माग भएपनि १ हजार १ सय ४० पुरुष, १ सय ५ महिला गरि १ हजार २ सय ४५ जनाले निवेदन दर्ता गराएका छन् । यसैगरि बाजुरा जिल्लामा १ हजार २ सय २८ पुरुष, १ सय १२ महिला गरि १ हजार २ सय ४० जनाले आवेदन दिएका छन् । बझाङ्गमा ५ सय ३५ जना म्यादी प्रहरी माग गरिएको थियो । यसैगरि डोटीमा ६ सय ८ जनाको माग भएपनि १ हजार ४० पुरुष र १ सय ४५ जना महिलाले आवेदन दर्ता गराएका छन् । डडेल्धुरा जिल्लामा कुल १ हजार ३ सय २६ जनाले आवेदन दर्ता गराएका छन् । जसमा १ हजार १ सय ८१ पुरुष, १ सय ४५ महिला छन् । यहाँ ४ सय १३ जनाको माग रहेको छ । त्यस्तै ७ सय १७ जनाको माग रहेको बैतडी जिल्लामा १ हजार ५ सय ३५ जनाले आवेदन दर्ता गराएका छन् । जसमा १ हजार ४ सय ७२ पुरुष र ६३ जना महिला रहेका छन् । यसैगरि दार्चुला जिल्लामा पनि माग गरेको भन्दा धेरैले आवेदन गर्दा गराएको देखिन्छ । यहाँ ५ सय ३० जनाका लागि आवेदन माग गरिएको थियो । जसमा १ हजार ३ सय ५६ पुरुष, ९२ जना महिला गरि १ हजार ४ सय ४८ जनाले आवेदन दर्ता गराएका छन् । यसै गरि सबै कंचनपुर जिल्लामा १ हजार ५५ जना म्यादी प्रहरीको माग गरिएकोमा ३ हजार ४ सय ९५ जनाले आवेदन दर्ता गराएका छन् । जसमा ३ हजार १ सय ४१ पुरुष र ३ सय ५४ महिला रहेका छन् । सुदूरपश्चिमाञ्चलको कैलाली जिल्लामा सबैभन्दा बढी आवेदन परेको छ भने सबै भन्दा कम डोटीमा रहेको क्षेत्रिय प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ । आवेदन दिएकाहरुको आजबाट सुदूरपश्चिमाञ्चलका नौ वटै जिल्लामा छनौट प्रकृया सुरु गरिएको छ ।