जिप जलाएको आरोपमा एक महिला पक्राउ
१९ बैशाख, २०७४
बर्दिया, वैशाख १९ । जिपमा आगजनी गरेको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका– ४ टेपरा गाउँका विनोदकुमार पण्डितको आफ्नै घर अगाडि रोकी राखेको बा १६ च ३२४४ नम्बरको जिपमा सोमबार राति आगजनी गरेको आरोपमा सोही स्थानकी ३८ वर्षीय पार्वती गोडियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । आगलागीबाट जिपको भित्र र बाहिरी भागमा क्षती भएको र मर्मतका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ । पक्राउ परेकी गोडियाको घरबाट जलेको बोतललगायत अन्य सामान फेला परेकाले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । जिपमा लागेको आगो करिब २० मिनेटपछि स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
हेटौँडामा उम्मेदवारी दर्ता
१९ बैशाख, २०७४
काठमाडौँमा उम्मेदवारी दर्ता जारी
१९ बैशाख, २०७४
माग्नेबूढाकी श्रीमती पनि चलचित्र क्षेत्रमा
१९ बैशाख, २०७४
फरार १९ प्रतिवादी पक्राउ
१९ बैशाख, २०७४
हिमपातः धोदेखि साल्दाङ जान हेलिकप्टर
१९ बैशाख, २०७४
उम्मेदवारी मनोनयन दर्ता सुरु
१९ बैशाख, २०७४
नेपाली कांग्रेसको घोषणापत्रमा पर्यटन विकास
१९ बैशाख, २०७४