एभरेष्ट दैनिक

नेपालले बनायो ११४ रन, ज्ञानेन्द्रको उत्कृष्ट प्रदर्शन

ढाका, चैत १७ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा हङकङ विरुद्धको खेलमा नेपालले सय रन पूरा गरेको छ । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर हङकङले बनाएको २१५ रनको चुनौति पछ्याएको नेपालले दुई विकेट गुमाएर ११४ रन बनाएको हो । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले कप्तानी पारी खेलिरहेका छन् । उनी व्यक्तिगत ७० रन बनाई क्रिजमा छन् । उनलाई दीपेन्द्रसिंह एेरीले व्यक्तिगत १८ रन बनाइ खेलिरहेका छन् । नेपालका दीलिप नाथ व्यक्तिगत १२ रन बनाइ आउट भएका हुन् । त्यसअघि नेपालका ओपनर व्याट्स्यान आसिफ शेख व्यक्तिगत ८ रनमा आउट भएका थिए । त्यसअघि हङकङले निर्धारित ५० ओभरमा अलआउट भएर २१४ रन बनाएको थियो । लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितामा अंक विहीन दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउँमा छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा रहेका दुवै टोलीले आजको प्रतिस्पर्धालाई एक अर्काको कमजोरी पत्ता लगाउने महत्वपुर्ण अवसरको रुपमा लिईएका छन् । नियमित कप्तान पारस खड्का सहित केही मुख्य खेलाडीलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोली प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।