एभरेष्ट दैनिक

ब्राजिल विश्वकपका लागि छनोट

चैत १६। सन् २०१८ मा रसियामा हुने विश्व कप फुटवल प्रतियोगिताका लागि छनोट हुने राष्ट्रमा ब्राजिल पहिलो राष्ट्र बनेको छ । बुधबार भएको खेलमा पाराग्वेलाई ३–० ले पराजित गर्दै पेरुले उरुग्वेलाई पराजित गरेपछि आगामी विश्वकपका लागि छनोट हुने पहिलो राष्ट्र ब्राजिल बन्न पुगेको हो । पेरुले उरुग्वेलाई २–१ ले पराजित गरेकाे थियाे । त्यस्तै आजै भएको विश्वकप छनोट अन्तर्गतको अर्को खेलमा चिलीले भेनेजुएलालाई ३–१ ले पराजित गरेको छ भने कोलम्बियाले इक्वेडरलाई २–० ले पराजित गरेको छ । ६ वर्षपछि ब्राजिल फिफा विश्व वरियतामा शीर्ष स्थानमा पुगेको हाे । ब्राजिलले पछिल्ला नौ खेल जित्दासम्म २५ गोल गरेको छ र जम्मा दुई गोल खाएको छ । मंगलबारको जितसँगै ब्राजिल विश्वकप २०१८ को लागि छानिने पहिलो देश पनि बनेको छ । रसिया आयोजकका हिसाबले विश्वकपमा निश्चित छ । यसअघि शीर्षस्थानमा अर्जेन्टिना रहेकाे थियाे । ब्राजिलले विश्वकप २०१८ को छनौट अन्तर्गत अहिलेसम्म भएका १४ खेलमा १० खेल जितेको छ । तीन खेलमा बराबरी गरेको ब्राजिल एक खेलमा मात्रै पराजित भएको छ । नयाँ वरियतामा यी हुन् उत्कृष्ट २० देश ब्राजिल अर्जेन्टिना जर्मनी चिली कोलम्बिया फ्रान्स बेल्जियम पोर्चुगल स्वीटजरल्याण्ड स्पेन पोल्याण्ड इटाली वेल्स इंग्ल्याण्ड उरुग्वे मेक्सिको पेरु क्रोयसिया इजिप्ट कोष्टारिका