एभरेष्ट दैनिक

दयाहाङ अभिनित “सेतो सूर्य” युट्युबमा

काठमाडौं, चर्चित कलाकार दयाहाङ राईले अभिनय गरेको नयाँ चलचित्र “सेतो सूर्य” युट्युबमा सार्वजनिक गरिएको छ । मंसिर २४ गते रिलिज गरिएको चलचित्रमा दयाहाङ राई, अशोक मगराती, रबिन्द्र सिंह, सुमि मल्ल, अम्रित परियारले अभिनय गरेका छन् । दीपक रौनियारको निर्देशनमा बनेको चलचित्रमा सत्ता र संस्कारको बिरोध गर्दा झेल्नुपरेको संघर्ष देखाइएको छ । चलचित्रमा माओवादी शान्ति प्रक्रियामा आएपछिको झझल्को देख्न सकिन्छ । बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट चलचित्र सम्मानित भएको छ । हेर्नुस् चलचित्र