अग्रता जाेगाउन नसक्दा खेल बराबरीमा टुंगियाे
१३ फागुन, २०७३
काठमाडौं, फागुन १३ । बङ्गलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालका तर्फबाट मनाङ मर्स्याङ्दी क्लबले दुई गोलले अग्रता बनाइसकेको भएपनि अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको हो । मनाङ मर्स्याङ्दी र बंगलादेशको चटगाउँ अवहानीबीच आज भएको खेल दुई दुई गोलको बराबरीमा सकिएको हो । मनाङ सेमिफाइनल पुग्ने नपुग्ने निर्णयका लागि भने शुक्रबार हुने बंगलादेशको मोहमोदेन स्पोटिङ क्लब र अफगानिस्तानको शाहिन आस्मयीबिच हुने खेलको नतिजा पर्खनुपर्ने हुन्छ । खेलमा मोहमोदेन विजयी भए मनाङ सेमिफाइनल पुग्ने छ । खेलको तेस्रो मिनेटमै ओलावालेको गोलले मनाङले अग्रता लिएको थियो । मनाङको दोस्रो गोल २२ औँ मिनेटमा ओलावालेले नै गरे । खेलको ३२ औँ मिनेटमा अवहानीले एक गोल फर्काएर अन्तर कम गर्यो । ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अवहानीले खेल बराबरी गरेको हो ।
‘सिन्की अचार’को रिमेक (भिडियाे सहित)
१३ फागुन, २०७३
वैद्य र विप्लवको एउटै बोली– संशोधन र चुनाव दुबै गलत
१३ फागुन, २०७३
यसरी मनाइयो नेपाली सेना दिवस (फोटो फिचर)
१३ फागुन, २०७३
ग्यास सिलिन्डर पड्किदा तीन घाइते
१३ फागुन, २०७३
भट्टराई र यादवबीच एकताको भारतीय कनेक्सन
१३ फागुन, २०७३
संविधान संशोधन नगरी चुनाव सम्भव छैन– सभापति देउबा
१३ फागुन, २०७३
कस्तो होला स्थानीय तहको शासन सञ्चालन र व्यबस्था ?
१३ फागुन, २०७३
लागुऔषधसहित तीन पक्राउ
१३ फागुन, २०७३