बाबुले प्रहार गरेको खुकुरीबाट छोराको मृत्यु
२६ माघ, २०७३
कैलाली, माघ २६ । कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ । गएराति ११ः३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उहाँका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बाबु छोराबीच जग्गाको विषयमा विवाद हुँदा बाबुले प्रहार गरेको खुकुरीबाट छोरा घाइते भएका थिए । घाइते छोरालाई उपचारको लागि घोडाघोडी अस्पताल पु¥याइएको थियो भने घोडाघोडी अस्पतालले थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाउँदा उपचारकै क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाबु रोकायलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । यस्तै कैलालीको अत्तरिया नगरपालिकाको राजमार्गबाट करिब २० मिटर उत्तरतर्फ एकजना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेका ३३ वर्षीय रमेश ऐरको कुनै घाउ चोट नरहेको र मुखबाट बान्ता गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक ऐरको सेती अञ्चल अस्पतालमा शव परीक्षण गरी आफन्तको जिम्मा लगाएको छ ।
अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल घट्दै
२६ माघ, २०७३
भोजपुरमा अल्लोलाई बजार अभाव
२६ माघ, २०७३
कुपोषणका कारण बालिकाको मृत्यु
२६ माघ, २०७३
आगलागीमा लाखौँको क्षति
२६ माघ, २०७३
अशिष्मा र अामेशकाे जाेडी जम्दै
२६ माघ, २०७३
किन देखिँदैन पाकिस्तामा माहिराको रईस
२६ माघ, २०७३
“हामी टूर गाइड हौं, यौनकर्मी होइनौं”
२६ माघ, २०७३
बार्सिलोना फाइनलमा प्रवेश
२६ माघ, २०७३
रामेछापमा सबै निःशुल्क औषधि उपलब्ध
२६ माघ, २०७३
टेरियालाई गृह जिल्लामा भव्य स्वागत
२६ माघ, २०७३