लालीघाट–विमानस्थल सडक सम्पन्न गर्न कालीकोटवासीको माग
२८ माघ, २०७३
काठमाडौँ, माघ २८। कालीकोट जिल्लाको लालीघाटदेखि विमानस्थल सम्मको बाटो तत्काल सम्पन्न गर्न माग गर्दैै कालीकोटवासीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकसमक्ष विहिबार ज्ञापनपत्र बुझाएका छन् । नेपाली काँग्रेस कालीकोटका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले माघ २९ गतेदेखि विमानस्थलमा जहाज सञ्चालन हुन लागेको र विमानस्थलबाट लालीघाटसम्म जाने मोटरबाटो नभएको भन्दै तत्काल निर्माण सम्पन्न गर्न माग गरेका हुन् । यस्तै, कालीकोटका ३० वटै गाविसमा मोटरबाटो पुर्याउनुपर्ने, दैलेख–कालीकोट–जाजरकोट मोटरबाटोलाई उच्च प्राथमिकता दिनुपर्ने, कालीकोट जिल्लाका खोलामा पक्की पुल निर्माण गर्नुपर्ने माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले कर्णालीको विकास निर्माणका लागि उच्च प्राथमिकता दिएको बताउँदै उहाँले सो सडक निर्माणका लागि सडक विभागलाई तत्काल निर्देशनसमेत दिनुभयो । रासस
बैतडीमा ट्रक दुर्घटना, एक जनाको मृत्यु
२८ माघ, २०७३
अनेरास्ववियु केन्द्रीय सदस्य राईको निधन
२८ माघ, २०७३
सेनामा माथिल्ला पदका दरबन्दी घटाउन सुझाव
२८ माघ, २०७३
ट्रम्पलाई पद दुरुपयोग गरेको आरोप
२८ माघ, २०७३
महिलाको टाउकोभित्र भेटियो ज्युँदो साङ्लो
२७ माघ, २०७३
यस्तो छ दर्पण छायाँ–२ को ट्रेलर (भिडियाे)
२७ माघ, २०७३