कांग्रेसको निर्णय: ‘सम्पूर्ण तराई–मधेसका जनताको हितमा भएकाले’ संशोधन प्रस्ताव पारित गर्ने
१५ फागुन, २०७३
काठमाडौँ, फागुन १५ । नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि पारित गराइछाड्ने जनाएको छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न आज बोलाइएको बैठकले जसरी भए पनि संशोधन पारित गर्नुपर्ने सुझाव दिएपछि कांग्रेसले संशोधन प्रस्तावलाई पारित गराउन सबैदलसँग समन्वयकारी भूमिका खेल्ने बताएको हो । बैठकले प्रतिपक्षी नेकपा (एमाले)लगायत सबै दलसँग छलफल गरी संशोधन प्रस्ताव पारित गर्न सुझाव दिएको बैठकपछि सभापति शेरबहादुर देउवाले जानकारी दिए । प्रस्तावमाथि थप पूरक प्रस्ताव आउँछ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा सभापति देउवाले हाल दर्ता भएको प्रस्ताव नै पारित हुने विश्वास व्यक्त गरे । एक फरक प्रसङ्गमा सभापति देउवाले राजदूत नियुक्तिको विषय पार्टी केन्द्रीय समितिमा छलफल गर्न आवश्यक नरहेको बताए । बैठकमा सहभागी काँग्रेस नेता फरमुल्ला मन्सुरले संशोधन प्रस्ताव ‘सम्पूर्ण तराई–मधेसका जनताको हितमा भएकाले’ प्रस्ताव पारित गर्न काँग्रेस एक ढिक्का भएर लाग्ने बताए । ‘मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन र संविधानप्रतिको असन्तुष्टि समाप्त पार्न संशोधन आएकाले’ यसलाई जसरी भए पनि पारित गराउनुपर्ने निष्कर्षमा काँग्रेस पुगेको उनको भनाइ थियो । पूरक प्रस्तावका सम्बन्धमा नेता मन्सुरले सत्ता पक्ष सबै दलको सहमतिमा अघि बढ्ने बताए । रासस
चैतलो पर्व सम्पन्न
१५ फागुन, २०७३
ट्याक्टरबाट लडेर एकको मृत्यु
१५ फागुन, २०७३
बिजुली ल्याउन पहल
१५ फागुन, २०७३
बम निष्क्रिय
१५ फागुन, २०७३
काठमाडौंमा स्वाइनफ्लूका बिरामी भेटिए
१५ फागुन, २०७३
गाउँका विद्यार्थी व्यावसायिक तरकारी खेतीमा
१५ फागुन, २०७३
चैत १० मा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
१५ फागुन, २०७३
बढ्यो सुनचाँदीको भाउ
१५ फागुन, २०७३
अध्यक्ष ओलीलाई भेट्न भारतीय राजदूत बालकोटमा
१५ फागुन, २०७३
कपाल काटेर मासिक रु दुई लाखभन्दा बढी आम्दानी
१५ फागुन, २०७३