एभरेष्ट दैनिक

झापालाई पछार्दै रुपन्देही सेमिफाइनलमा

उदयपुर, फागुन १ । उदयपुर गोल्डकप फुटबलको आज भएको खेलमा झापा ११ लाई हराउँदै रुपन्देही ११ सेमिफाइलनमा पुगेको छ । उदयपुरको गाइघाटस्थित थरुहट रंगशालामा भएको सो खेलमा निर्धारित समयको खेलमा दुवै टिमबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । सोमबार हुने पहिलो सेमिफाइनलमा मोरङ ११ र संकटा क्लवबिच खेल हुनेछ ।