एभरेष्ट दैनिक

१० वर्षीया बालिका बलात्कार गर्ने बलात्कारीहरु पक्राउ

भोजपुर, फागुन २ । भोजपुर एक दश वर्षीया बालिकालाई बलात्कार गर्ने बलात्कारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका वडा नम्बर ७ र ८ का ४५ वर्षका पूर्णबहादुर कार्की र २५ वर्षका देवबहादुर गजमेर रहेका छन् । स्वस्थानी ब्रतको साङ्गेमा सबै परिवार व्यस्त भएको मौका पारी कोठामा सुतिरहेकी ती १० वर्षीया बालिकालाई उनीहरुले बलात्कार गरेका थिए । बलात्कारपछि बालिकाले आफन्तलाई खबर गरेपछि पीडित पक्षको उजुरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भइरहेको छ । आरोपी पूर्णबहादुर र देवबहादुरलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।