एभरेष्ट दैनिक

पूर्व शिक्षाध्यक्ष सूर्यलाल अमात्यको निधन

काठमाडौं, माघ २३ – त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष सूर्यलाल अमात्यको निधन भएको छ । प्रोष्टेड ग्रन्थीको क्यासरबाट पीडित अमात्यको हरिसिद्धि क्यान्सर अस्पतालमा आइतबार बिहान निधन भएको हाे। भूगर्भविद रहेका अमात्य जनप्रशासन संघका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । ललितपुरको कुपण्डोल घर भएका अमात्य केही समयदेखि अस्पताल भर्ना हुनुभएको थियो ।