एभरेष्ट दैनिक

पोलियो खोप दिइने

कलैया, माघ २२ । राष्ट्रिय पोलियो खोप अभियान कार्यक्रमअन्तर्गत बारामा ५ वर्षमुनिका एक लाख ४० हजार ६३५ बालबालिकालाई पोलियो रोगविरुद्ध खोप दिने कार्यक्रम रहेको छ । यही फागुन ७ र ८ गते जिल्लाका ५ वर्षमुनिका सबै कालकालिकालाई पोलियो खोप दिने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले बताउनुभयो । उक्त कार्यक्रमका लागि जिल्लामा ९७० वटा खोप केन्द्र र एक हजार ९४० जना स्वास्थ्यकर्मी परिचालन गरिएको प्रमुख चौधरीले बताउनुभयो । बाराका छ नगरपालिका र ६८ गाविस रहेका छन् ।