एभरेष्ट दैनिक

क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा तिलक उपाघ्यायलाई उठाउने

काठमाडौँ, माघ २७ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रािन्तकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा तिलकप्रसाद उपाध्यायलाई स्ववियु अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । बुधबार राती बसेको त्रि.वि.समितिको वैठकले सर्वसम्मत रुपमा उपाध्यायलाई उम्मेदवार वनाएको अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । कालिकोटमा जन्मिएका २७ वर्षीय उपाध्याय क्रान्तिकारीका केन्द्रीय सदस्य तथा त्रि.वि.समितिका सचिव हुन्। त्रिविको अर्थशास्त्र विषयमा दोस्रो सेमेस्टरका नियमित विद्यार्थी उपाध्यायले अस्कल क्याम्पसवाट वि.एस्सी.गरेका छन् । यसअघि अस्कल क्याम्पसमा उनले अखिल (क्रान्तिकारी)को अध्यक्ष र सचिवको जिम्मेवारी निभाइसकेका छन्।सरल,जुझारु र मिलनसार स्वाभावका उपाध्याय त्रिविमा आफ्नो जीत सुनिश्चित रहेको दावी गर्छन्। अघिल्लो चुनावमा पनि त्रिभुवन विश्वविद्यालयमा हिमाल शर्माले पुरै प्यानल सहित स्ववियु सभापति जितेका थिए।उपाध्यायले स्ववियु जितेपछि त्रिविलाई अन्तर्राष्ट्रिय स्तरको ‘सेन्टर फर एक्सिलेन्स’ वनाउने वताए। आउँदो फागुन १ गते अखिल (क्रान्तिकारी)ले देशैभरका सवै कलेजका उम्मेदवार घोषणा गर्ने अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।