एभरेष्ट दैनिक

प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए। त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडा नियुक्त भएका छन् । उनी २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए। राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएपछि उनी केही समय प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको हैसियतमा पनि काम गरेका थिए।