कांग्रेसका मन्त्रीसँग भारतीय राजदूतले गरे भेट
१ साउन, २०८१
काठमाडौं । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाली कांग्रेसबाट मन्त्री बनेका दुईनवनियुक्त मन्त्रीलाई पालैपाले भेटेका छन्। शुरुमा परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका उनले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग पनि भेट गरेका छन् । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरुबिच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको बताइएको छ । आरजु राणासँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको हो।उनीसँगको भेटमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै मन्त्रीले सोमबारबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।
समाजवादी मोर्चाको बैठक बस्दै
१ साउन, २०८१
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
१ साउन, २०८१
यस्तो रहनेछ आजको मौसम
१ साउन, २०८१
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
३१ असार, २०८१
नेप्से परिसूचक १७ अङ्कले घट्यो, बढ्यो कारोबार
३१ असार, २०८१
प्रधानमन्त्री ओलीबाट उपेन्द्र यादवलाई धोका !
३१ असार, २०८१

