प्रचण्डलाई स्वागत गर्न झाँकीसहित खुमलटार निवासमा नेता तथा कार्यकर्ता भेला हुँदै
२८ असार, २०८१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न निजी निवास खुमलटारमा झाँकीसहित नेता तथा कार्यकर्ता तयारी अवस्थामा रहेका छन्। डेढ वर्ष सत्ताको नेतृत्व गरेका उनी संसदमा राखेको विश्वासको मतको नतिजा आएपछि केन्द्रीय कार्यालय पेरिसडाँडा जाने कार्यक्रम रहेको छ। केन्द्रीय कार्यालयमा रहेका सहिद स्तम्भमाथि माल्यार्पण गरेपछि नेता तथा कार्यकर्तासँग आफ्ना कुरा राख्ने र त्यसपछि सिँधै निजी निवास खुमलटार जाने कार्यक्रम रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डको ३ बजे जाने कार्यक्रम भएपनि संसदमा विश्वासको मतसम्बन्धी छलफल लम्बिएकाले अपराह्न ५ बजेसम्म आइपुग्न सक्ने उपाध्यायले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्ड आजै खुमल्टार सर्ने
२८ असार, २०८१
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
२८ असार, २०८१
गण्डकीमा मनसुनजन्य विपद्मा परी ३८ जनाको मृत्यु
२८ असार, २०८१

