संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा
२७ असार, २०८१
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए । “दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ,” उनले भने । महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताबीच भएको सात बुँदे समझदारी पालना गरिने उल्लेख गरे । पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ थियो । महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रूपमा लिन नहुने बताए । रासस
बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको मूल्य
२७ असार, २०८१
सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम
२७ असार, २०८१
यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
२७ असार, २०८१
सचिवालय बैठकपछि देउवा भेट्न बूढानीलकण्ठमा ओली
२६ असार, २०८१
नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले बढ्यो
२६ असार, २०८१
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा
२६ असार, २०८१

