चितवनको भरतपुरमा रेलमार्ग सर्भे टोलीको गाडी स्थानीयले जलाइदिए
२ साउन, २०८१
चितवन । चितवनमा रेलमार्ग सर्भे गर्न पुगेका प्राविधिकहरू सम्मिलित टोलीको गाडी स्‍थानीयबासीले जलाइदिएका छन्।बुधबार दिउँसो भरतपुर महानगरपालिका-७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर प्रहरीकै अगाडि जलाइदिएका हुन्। गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले गुगल म्याप सर्भे गर्न आएको टोलीलाई आफूहरूले रोक्न खोजेको बताए।सचिव नेपालका अनुसार टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो। बुधबार वडा नं.७ मा सर्भे गर्दागर्दै भेला भएका करिब २ सय स्थानीयले प्राविधिकहरूलाई नियन्त्रणमा लिएका थिए। पूर्वपश्चिम रेलमार्ग भरतपुरका घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको स्थानीयको आरोप छ। त्यसपछि उनीहरू चरणबद्ध आन्दोलमा छन् । बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने बताउँदै उनीहरूले अहिलेको सर्भे नै परिवर्तन गर्नुपर्ने माग गरेका छन् । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिका-४, ७ र ८ हुँदै नवलपरासीतर्फ लाने योजना छ। यसअघि भरतपुर महानगरपालिकाको पहलमा संघर्ष समिति र रेल विभाग तथा सरकारी निकायबीच छलफल भएको थियो। छलफलमा रेलमार्गको सर्भे रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको थियो। तर, पुरानै क्षेत्रमा सर्भे थालिएपछि स्थानीय आक्रोशित छन्।
प्रधानमन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता
२ साउन, २०८१
न्युरोडमा फुटपाथ बिस्तारको काम पुनः थालियो
२ साउन, २०८१
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
२ साउन, २०८१
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै
२ साउन, २०८१
यस्तो रहनेछ आजको मौसम
२ साउन, २०८१
समाजवादी मोर्चाको बैठक शुरु
१ साउन, २०८१
महान्यायाधिवक्ताको राजीनामा स्वीकृत
१ साउन, २०८१
राष्ट्रपति पौडेलद्वारा ३ विधेयक प्रमाणीकरण
१ साउन, २०८१
नेप्सेमा ७०.१८ अंकको वृद्धि, कारोबार कति ?
१ साउन, २०८१

